'डान्स इण्डिया डान्स' तेरियालाई भोट ?


गोकर्ण अधिकारी ।
टेलिभिजन भारतिय, कार्यक्रमको नाम भारतिय, नाचिने, बोलिने भाषा धरि भारतिय अनि भोट हाल्ने हामी नेपाली ।
मिडिया टाइकुनको जि टिभि, डिआइडि अर्थात् डान्स इण्डिया डान्स कार्यक्रमको नाम, कार्यक्रममा बज्ने गित हन्दी भाषाको, नाचेको खुट्याउने भारतीय, टिभि कार्यक्रम भारतीय विज्ञापनले चल्ने । अनि नाच्ने एक बच्चि चाहिँ नेपाली । तर नेपाली भाषामा हैन सिमा पारिकै भाषामा । जान अन्जान गत साता एक भोट खसालेँ ।
केही दिन अघि देखेँ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत ति बालिकाको नाममा भोट माग्दै फेसबुकमा लामै गनथन लेखे । विविसी नेपाल सेवाका प्रमूख रविन्द्र मिश्र पहिले देखिनै यो बाटोमा थिए ।
हुँदा हुँदा पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालले त फेसबुकमा ति बच्चिलाई भोट माग्न युद्धनै छेडेका छन् ।
हुनलाई बच्चि नेपालकी हुन् । रुद्रपुर नेपाल भनेर बालिकालाई भोट हाल्ने ठाउँमा लेखिएको छ । बच्चिको नाम तेरिया मगर ।
भलै उनि नेपाली हुन् तर उनले गरेको कर्म र त्यसको लाभ हामी कसलाई दिंदै छौं । कर्मको लोकप्रियता र फल के हामी नै पाउँदैछौं त ?
यसको उत्तर न म सँग छ न मलाई कसैले दिएको नै छ ?
ब्यक्ति मात्र होइन नाम चलको अनलाईन वेवसाइट देखी पत्रिकाले पनि उनको बारेमा राम्रै खुराक बनाएर उनले नाचेको भारतिय गितको बखान गाएका छन् ।
बुटवल घर भएकी तेरियाले प्रतिस्पर्धा गरिरहेको कार्यक्रमको तेस्रो संस्करण हो । शनिवार बेलुकी सम्म मात्र भोट हाल्ने समय रहेको भनिएको कार्यक्रममा तेरियाले ४० हजार प्रतिस्पिर्धीलाई पछि पारेर फाइनल सम्म आएको आयोजकले बताएको छ ।
अनलाईन, टेलिफोन आदि माध्यमबाट भोट हालेकै भरमा जित्ने भनिएको यस्तै पकृतिको कार्यक्रममा नेपाली मूलका भारतीय प्रशान्त तामागंलाई ७ वर्ष अघि देश दुनियाँ लागेर जिताए । बदलामा के पायौं मैले उत्तर पाएको छैन ?
अब शनिवार राति सवा नौं बजेसम्म अनलाइन र भारतीय फोनबाट २ बजेसम्ममा भोट हालेर जिताउँ भन्दै थालिएको अघोषित प्रचारपछि उनले जितेपछि हामीले पाउने के हो त्यो अनिश्चित संविधानसभा जस्तै छ मेरा लागि ।
उनलाई भोट दिन आफ्नो नाम, इमेल आइडी, फोन नम्बर र देश टाइप गरी ७ स्पेस ७ स्पेस ख स्पेस ४ स्पेस ७ स्पेस ९ पठाउन  सकिने बताइएको छ ।
बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य सिक्दै गरेकी बालिका तेरियाले उपाधि जिते लाखौं भारतीय रुपैयाँ र एउटा कार पाउने भनिएको छ, बदलामा देशनै उल्टेर जिताउँदा पाउँछ के ? म अनुत्तरित भोट नहालि बसिराखेको छु ।
भोट हाल्ने तरिका यहाँ छ,click भोट हाल्ने नहाल्ने स्वविवेक तपाईंकै हातमा ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page