उपनिर्वाचन भोलि, नतिजा पर्सि


निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको परिणाम सोमबारै सार्वजनिक गर्ने भएको छ । चुनावमा चारै निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्रको प्रयोग हुने भएकाले गणना र परिणाम घोषणा छिटो हुने भएको समाचार कान्तिपुर दैनिकमा छ ।
निर्वाचन तयारीबारे जानकारी दिन शुक्रबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर आफुले चाहेको उमेद्वारलाई विद्युतीय उपकरणबाट मतदिन आग्रह गरे ।
मंसिर ४ मा निर्वाचनमा दुई दुई स्थानबाट विजयी कांग्रेस र एमालेका शीर्ष नेताहरुले राजीनामा दिएपछि रिक्त भएका काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा आइतबार उपनिर्वाचन हुन लागेको हो ।
एक भन्दा बढी निर्वाचन क्षेत्रमा उमेद्वार बन्न पाउने कानुन व्यवस्थाले उपनिर्वाचन अवस्था सिर्जना भएको हो । ती क्षेत्रमा २ लाख ५ हजार ३ सय ४ जना मतदाताका बीच ७६ उमेद्वार प्रतिष्प्रर्धामा छन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page