इराकका कारण पेट्रोलियम पदार्थको भाऊ बढ्ने संकेत

नेपाललाई कस्तो प्रभाव पार्ला इराकी गृहयुद्धले ?
१२ असार, काठमाडौं । इराकमा भइरहेको गृहयुद्धका कारण अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने र यसको असर विश्वव्यापी पर्न सक्ने भारतीय उर्जा विशेषज्ञले बताएका छन् ।
 भारतीय उर्जा विशेषज्ञ नरेन्द्र तनेजाले भनेका छन्- ‘भारतले इराकबाट २० अर्ब डलरको तेल मगाउने गरेको छ । भारतमा आउने तेलमध्ये ८० प्रतिशत इराकबाटै आउँछ । साउदी अरबपछि इराक विश्वको सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो । त्यहाँ ३५ लाख ब्यारेल तेल उत्पादन हुन्छ, त्योभध्ये दुई-अढाइ लाख ब्यारेल तेल भारतमा आउँछ ।’iraq's-people-
विश्लेषक तनेजाले भनेका छन्-’इराकमा स्थिति खराब भयो भने यो पूरै कारोबार प्रभावित हुनेछ, जुन भारतका लागि चिन्ताको विषय हो । इराकमा शान्ति भयो भने देशमा तेलको मूल्य बढ्छ । त्यसो त इराकको समस्याका कारण भारतमा मात्रै नभएर विश्वभरि नै नकारात्मक प्रभाव पर्ने उनको विश्लेषण छ । ‘इराकको उत्पादन प्रभावित भयो भने यसको असर भारतमा मात्रै नभएर पूरै विश्वमा पर्न सक्छ ।
इराकमा राष्ट्रसंघले पनि केही गर्न पाइरहेको छैन, किनकि इराकी जनतामा पश्चिमी देशमाथिको विश्वास टुटिसकेको छ ।’ तनेजा भन्छन्-’मेरो मान्यता यो छ कि ठूला तेल आयातकर्ता देशहरु भारत, चीन, जापान, दक्षिण कोरिया र यूरोपले मिलेर इराकमा शान्ति सुव्यवस्था कायम गर्नर्े पहल गर्नुपर्छ ।’
त्यसो त इराकको गृहयुद्धका कारण भारतलाई तेलमा मात्रै नभएर अन्य क्षेत्रमा पनि असर पर्ने विश्लेषकले बताएका छन् । ६० देखि ७० लाख भारतीयहरु इराकमा कार्यरत छन् ।
इराकसहित मध्यपूर्वबाट भारतले १ सय ३८ खर्ब रुपैयाँ आय आर्जन गर्दै आएको छ । इराकको संकट चुलियो भने यसले सिंगै मध्युपूर्वको भारतीय बजारलाई नकारात्मक असर पार्ने विश्लेषक तनेजाले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
नेपाललाई कस्तो प्रभाव पर्ला ?
इराक संकट चुलिँदै जाँदा नेपाललाई कस्तो प्रभाव पर्ला भन्नेबारे विश्लेषण भएको छैन । तर, नेपाल पेट्रोलियम पदार्थमा सिंगै भारतसँग भर पर्दै आएको र भारतको ८० प्रतिशत तेल इराकबाट आउने भएकाले त्यहाँ तेलको अभाव हुँदा त्यसको सोझो असर नेपालमा समेत पर्ने देखिन्छ ।यसका साथै सरकारले बैधता नदिए पनि नेपालबाट इराक पुगेर रोजगारी गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । त्यहाँ संकट चुलिँदा इराकमा नेपालीहरुले पाउँदै आएको रोजागारीको अवसर गुम्ने खतरा देखिएको छ ।
अमेरिकाले किन हस्तक्षेप गर्न सकेन ?
पछिल्लो समय इराकमा सुन्नी विद्रोहीले जारी राखेको सशस्त्र संघर्ष चुलिँदै गएको छ । विद्रोहीलाई हवाइ आक्रमणमार्फत दबाउन इराक सरकारले गरेको आग्रह अमेरिकाले अहिलेसम्म कार्यान्वयन गर्न मानेको छैन । इराक भ्रमणमा आएका बेला अमेरिकी विदेशमन्त्री जोन केरीले सुन्नी जातिसँग मिलेर सरकार चलाउन गरेको आग्रह इराक सरकारले अस्वीकार गरेको छ ।
अमेरिकी अधिकारीहरु इराकको समस्या सैन्य आक्रमणबाट समाधान नहुने निश्कर्षमा पुगेका छन् । अमेरिकाले इराकको. समस्या सैन्य ढंगबाट समाधान गर्न नसकिने निश्कर्ष निकालेपछि इराक सरकार झनै कमजोर सावित भएको छ । त्यसो त अमेकिराले केही सैन्य प्रशिक्षकहरु इराकमा पढाएको छ तर उसले हवाइ आक्रमण पनि नगर्ने र स्थलगत युद्धमा पनि प्रत्यक्ष नहोमिने नीति लिएका कारण सुन्नी विद्रोहीलाई फाइदा पुगेको छ । विद्रोहीहरुले एक महिनाभित्र बगदात बक्जा गर्ने दाबी गरेको बीबीसीले लेखेको छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page