ब्राजिल विश्वकप हेर्न पुगेका पोखराका नवीन गुरुङ एरिना पेन्टानल रंगशालामा। तस्बिर : नवीन गुरुङ
काठमाडौं- पोखराका नवीन गुरुङ ब्राजिलमा जारी विश्वकप फुटबलको खेल हेर्ने थोरै नेपालीमध्ये हुन्। उनले समूह चरणअन्तर्गत दक्षिण कोरिया र रुसको खेल हेरेका थिए, जुन १–१ को बराबरीमा टुंगियो। समूह 'एच'अन्तर्गत असार ३ गते कुयाबाको एरिना पेन्टानल रंगशालामा उक्त खेल हेरेका नवीनले अनलाइन बुकिङमार्फत इङ्ल्यान्डबाट टिकट किनेका थिए। पोखरामा रेस्टुरेन्ट व्यवसाय गर्ने नवीनले विश्वकप हेर्न ५ लाख रुपैयाँ खुसीसाथ खर्च गरे।
'विश्वकप हेर्न पाउँदा मलाई जिन्दगीकै ठूलो सपना पूरा भयोजस्तो लाग्यो। यो उपलब्धि पैसासँग दाँज्न मिल्दैन,' गुरुङले ब्राजिलबाट नागरिकसँग भने, 'म अहिले ब्राजिलमा जीवनभरका लागि मिठो सम्झना साँचिरहेको छु।'
नवीनले त अनलाइनमार्फत टिकट किने, तर सबैजना उनीजत्तिकै भाग्यमानी हुँदैनन्। किनकि, नेपालजस्तो विश्वकप नखेल्ने देशका लागि टिकट किन्नु भनेको 'फलामको च्युरा चपाउनु' जत्तिकै गाह्रो हुन्छ। पैसै तिरेर किन्छु भन्दा पनि सजिलै पाइँदैन।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सहभागी ३२ देशका समर्थकका लागि निश्चित कोटा तोकेको हुन्छ। तिनका लागि ८ प्रतिशतका दरले टिकट आरक्षण गरिने फिफाको वेबसाइटमा उल्लेख छ। यसअनुसार प्रत्येक खेलका १६ प्रतिशत टिकट सम्बन्धित देशका समर्थकले किन्न पाउँछन्।
विश्वकपमा छनोट नभएको नेपालजस्तो देशका लागि भने यो सुविधा उपलब्ध हुँदैन। यहाँका खेलप्रेमीले टिकट किन्नुपरे अनलाइन बुकिङ गर्नुपर्छ। प्रत्येक खेलमा रंगशालाको क्षमताभन्दा बढी माग हुने भएकाले फिफाले अनलाइन बुकिङ गर्नेमध्येबाट 'लक्की ड्र' गराएर टिकट बिक्री गर्छ। यसपालि अनलाइनबाट खुला प्रतिस्पर्धामा ६२ लाखको आवेदन परेकोमा लक्की ड्रमार्फत बिक्री गरिएको थियो। अनलाइनमा एक व्यक्तिले बढीमा सात खेलसम्मका लागि आवेदन गर्न सक्ने व्यवस्था छ।
ब्राजिलमा जारी विश्वकपका लागि ३३ लाख टिकट उपलब्ध भएकोमा फिफाले ७५ प्रतिशत टिकट खुला प्रतिस्पर्धाबाट दर्शकसम्म पुर्या्एको दाबी गरेको छ। तर, खुला प्रतिस्पर्धाबाट टिकट बुकिङ गर्नु र त्यसमाथि गोलाप्रथामा छानिनु भनेको भाग्यकै खेल हो।
त्यसो भए भाग नलिएका देशका सर्वसाधारणले आफैं खर्च गरेर विश्वकप हेर्न पाउँदैनन्?
यसका लागि दुइटा बाटा छन्। पहिलो, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपका प्रायोजकहरूलाई निश्चित कोटाको निःशुल्क टिकट उपलब्ध गराउँछ। हुन्डाई, एडिडास, कोकाकोला, भिसा, सोनीलगायत प्रायोजकले विश्वभरका आफ्ना प्रतिनिधिलाई उक्त टिकट बाँड्छन्। यी अन्तर्राष्ट्रिय कम्पनीको सञ्जाल नेपालमा पनि छ। यसले विभिन्न किसिमका कार्यक्रम गरेर सर्वसाधारण दर्शकलाई टिकट बाँड्दै आएको छ। यसरी पाइने टिकट संख्या भने निकै थोरै हुन्छ।
दोस्रो उपाय पनि छ।
फिफाले विश्वकपको खेलतालिका सार्वजनिक गर्ने बेलामै टिकटका लागि सदस्य राष्ट्रहरूबाट आवेदन माग गर्छ। आएको आवेदनका आधारमा आफ्ना २ सय ९ सदस्यराष्ट्रका लागि निश्चित कोटा निर्धारण गरेर वितरण गर्दै आएको फिफाको वेबसाइटमा जनाइएको छ। प्रत्येक देशले यो सुविधा पाएका हुन्छन्। कुनै देशले स्वैच्छिक रूपमा सुविधा नलिन पनि सक्छ। नेपालले हालसम्म यो सुविधा लिएको छैन।
फिफाबाट कोटामा किन्न पाइने त्यस्तो टिकट नलिने विश्वभरमै सम्भवतः नेपाल एकमात्र देश हो। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले हालसम्म यस्तो टिकटको निम्ति कसैबाट आग्रह नआएकाले कोटा उपयोग नगरिएको जानकारी दिए।
'अहिलेसम्म विश्वकप हेर्ने टिकट चाहियो भन्दै कोही हामीकहाँ आएका छैनन्,' उनले बुधबार नागरिकसँग भने, 'भोलिका दिनमा माग भयो र त्यो कोटा हामीले पनि उपयोग गर्नुपर्यो भन्ने कुरा आयो भने त्यसका निम्ति संयन्त्र बनाउन तयार छौं।'
यसबाहेक फिफाले सदस्य देशको फुटबल संघका पदाधिकारी, पाहुना, प्रायोजक, पदाधिकारीका परिवार र मित्र तथा कर्मचारीका लागि केही टिकट उपलब्ध गराउने व्यवस्था गरेको छ। सदस्य देशका पदाधिकारीले फिफाबाट पाएको कोटा नपुगे व्यक्तिगत रूपमा थप केही टिकट किन्ने सुविधा पनि पाउँछन्। यो सुविधा फिफा कंग्रेसमा सहभागी हुने पदाधिकारीलाई मात्र छ। नेपालका तर्फबाट एन्फा अध्यक्ष थापा, उपाध्यक्ष किशोर राई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर र सदस्य गणेश चन्दसहित विश्वभरका फुटबल पदाधिकारीले साओ पाउलोको एरिना डी साओ पाउलोमा उद्घाटन खेल हेरेका थिए।
फिफाले उद्घाटन समारोह र खेलका लागि स्थानीय आयोजक, प्रायोजक, भिआइपी र अतिथि सत्कारका नाममा ६ हजार ६ सय टिकट छुट्ट्याएको थियो। त्यही टिकटमा नेपाललगायत विश्वभरका अतिथिले उद्घा टन खेल हेरेका हुन्। फिफाले फाइनलका लागि पनि यस्तै व्यवस्था गरेको छ।
विश्वकपको टिकट मूल्य
विश्वकप टिकटको मूल्य २ हजार रुपैयाँदेखि ८६ हजार रुपैयाँसम्म पर्छ। फिफाको वेबसाइटअनुसार उद्घाटन खेलको टिकट दर ९० ब्राजिली रियालदेखि ९ सय ९० सम्म राखिएको थियो। यसैगरी समूह चरणका बाँकी खेलको टिकट मूल्य ३० रियालदेखि ३ सय ५० रियालसम्म तोकिएको छ।
अन्तिम १६ का खेल हेर्न समर्थकले ५५ देखि ४ सय ४० रियालसम्म तिरेका छन् भने क्वार्टरफाइनलको ८५ देखि ६ सय ६० रियाल, सेमिफाइनलको १ सय १० देखि १ हजार ३ सय २०, तेस्रो स्थानको प्लेअफका लागि ८५ देखि ६ सय ६० र फाइनलका लागि १ सय ६५ देखि १ हजार ९ सय ८० रियालसम्म तोकिएको फिफाको आधिकारिक वेबसाइटले जनाएको छ। एक ब्राजिली रियाल बराबर नेपाली ४३ रुपैयाँ ३४ पैसा हुन्छ।