आलु र प्याजको भाउ बढ्न थाल्यो

काठमाडौ, असार १० – वर्षा सुरु हुन थालेसंगै बजारमा आलु र प्याजको भाउ धेरै बढ्न थालेको छ ।
थोक बजारमा अघिल्लो दिन भन्दा मंगलबार आलुको भाउ किलोमा ६ रुपैयाँले बढेर ४० रुपैयाँ पुगेको छ । यो भाउ अघिल्लो महिनाको तुलनामा किलोमा १२ रुपैयाँ बढी हो ।
यस्तै प्याजको भाउ पनि अघिल्लो महिनाको तुलनामा किलोमा १० देखि १२ रुपैयाँले बढेर किलोको ३८ देखि ४० रुपैयाँ प्रतिकिलो पुगेको छ । गएको वर्ष पनि बर्खा लागेपछि आलु धार्नीको डेढ सय भन्दा माथि र प्याज पनि किलोको १ सय रुपैयाँ नाघेको थियो । नेपालमा आलु प्याजको सिजन नभएको र भारतबाट समेत कम आएपछि भाउ बढ्दै गएको ब्यापारीहरु बताउँछन् ।
कालिमाटी तरकारी बजारमा अघिल्लो महिनाको तुलनामा ५० देखि ७५ मेट्रिक टन कम आलुप्याज भित्रिएको छ । अहिले भारतबाट सबैभन्दा धेरै तथा मकवानपुर र काभ्रेबाट थोरै÷थोरै मात्रै आलु आएको बिक्रेताले बताएका छन् । प्याज भने पूर्ण रुपमा भारतबाट आउने गरेको छ ।
भारतमा अगस्ट महिनादेखि मात्रै नयाँ प्याज उत्पादन हुने भएपनि वर्षा धेरै भए किसानले बजारमा नपठाउने हुँदा नेपालमा प्याज अझै महंगो हुने सम्भावना छ । बजारमा अरु हरियो तरकारीको भाउ पनि सामान्य रुपमा बढेको छ । काठमाडौमा टनेलमा लगाइएको गोलभेंडाको उत्पादन सुरु भइसकेकाले यसको भाउ भने १२ देखि १४ रुपैयाँ किलोमा झरेको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page