संविधान दिन दायाँबायाँ गरे अर्को विद्रोह गर्ने प्रचण्डको चेतावनी

४ असार, बर्दिया ।संविधान दिन दायाँबायाँ गरे अर्को विद्रोह गर्ने प्रचण्डको चेतावनी
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस एमालेले अझै पहिचानसहितको संघिय लोकतान्त्रिक सबिधान दिनबाट दायाँबायाँ गरे संविधानसभामा नभई नागरिकको घरदैलोमा गएर अर्को बिद्रोह गर्ने चेतावनी दिनुभएको छ । 
बर्दियाको क्षेत्र नम्बर १ बाँसगढीमा भएको चुनावी सभालाई आज सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नेपालमा दोस्रो निर्वाचनपछि निकै ठुलो राजनीतिक घोषणा भए पनि जन्ताको जिवनमा परिवर्तनको महसुस नभएको बताउनु भयो । उहाँले अहिल्लो चुनावमा गरेको गल्ती अब नदोहोर्याई आफै जनताहरुमा फर्केर विकास निर्माणका लागि अगाडि बढ्ने आश्वासन पनि दिनुभयो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page