विश्वकप फुटवलमा नेपाल कठिन समूहमा

१६ असार, काठमाडौं । 
४ बर्षपछि रुसमा हुने २१ औं विश्वकप फुटवलमा पुग्न नेपालले प्रारम्भिक छनोट चरणमा कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । अन्तराष्ट्रिय फुटवलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह एचमा परेको छ । जहाँ उज्वेकिस्तान, इराक, लेवनान र म्यानमार छन् । दक्षिण एसियाली स्तरबाट माथि उठ्न नसकिरहेको नेपाललाई चार वटा मुलुक कठिन प्रतिद्धन्द्धी मानिएको छ ।
fifa
समूह विभाजनअनुसार प्रारम्भिक छनोटमा एसियाका ४० देशले भाग लिने भएका छन् । अन्य समूह अन्तर्गत समूह बी मा जोर्डन, भियतनाम, फिलिपिन्स, काजकिस्तान र बंगलादेश तथा समूह सीमा दक्षिण कोरिया, बहराइन, तुर्कमिनिस्तान, यमन र हङकङ छन् । त्यस्तै, समूह डीमा जापान, साउदी अरब, माल्दिभ्स, भारत र चाइनेज ताइपेइ छन् भने समूह इमा इरान, कतार, अफगानिस्तान, सिंगापुर र ग्वाम छन ्। समूह एफमा भने अस्ट्रेलिया, कुवेत, सिरिया, इन्डोनेसिया र पाकिस्तान परेका छन् ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page