१५ दिनमै यार्सा संकलनबाट तीन लाख कमाइ

१५ असार, डोल्पा । डोल्पाको त्रिपुराकोट-२ का रत्नबहादुर विष्टले यार्सा सङ्कलनबाट १५ दिनमै तीन लाख कमाइ गरेका छन् । डोल्पा जिल्लास्थित त्रिपुराकोट गाविसमा पर्ने भाङका लेकमा जेठ १७ देखि असार ३ गतेसम्मको १५ दिनको अवधिमा नै यार्सा टिपेर उनले तीन लाख कमाएका हुन् ।
गत वर्ष प्रतियार्सा एक हजार रुपैयाँ परे पनि यस वर्ष बजार मूल्यमा ह्रास आएकाले प्रतियार्सा ५०० रुपैयाँका दरले बेचेको विष्टले बताए । सुरुसुरुमा यार्सा नउमि्रएकाले एक दिनमा चारदेखि पाँचवटासम्म पाइने गरेकोमा पछि एक दिनमा १० देखि १५ वटासम्म पाइने गरेको सुनाउँदै आफूले यस अवधिमा ६०० यार्सागुम्बा भेटाएको उनले बताए ।
उनले ग्ात वर्ष पनि यार्सा सङ्कलनबाटै १५ दिनमा दुई लाख ५० हजार कमाएका थिए । यसरी कमाएको पैसा घर खर्च चलाउन तथा भाइबहिनीहरुको पढाइ र स्वास्थ्य उपचारमा खर्च गर्ने गरेको बताए ।
डोल्पालीको आयआर्जनको मुख्य स्रोतका रुपमा यार्सागुम्बा रहँदै आएको छ । जीवनलाई मुÝीमा राखेर यार्सा टिप्न जानुपर्ने भएकाले यस सिजनमा जसले जोखिम मोल्यो उसले नै मनग्य कमाउने गर्दछन् । रासस
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page