९ असार, हेटौंडा । मकवानपुर जिल्ला अदातलले एक युवतीलाईर् भारतमा लगी बिक्री गरेको अभियोगमा गौरीमाया स्याङ्तानलाई १० वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले हेटौँडा – ९ पशुपतिनगर बस्ने ४४ वर्षीया स्याङ्तानलाई ३० हजार जरिवाना गर्ने फैसला पनि गरेको छ । स्याङ्तानले मकवानपुर भैंसे -९ बस्ने युवतीलाई मितिनी नाता गाँसी २०५० साल माघ १७ गते भारतको बम्बईमा पुर्याई भारु ५० हजारमा बिक्री गरेका थिए ।
पीडित किशोरीले भारतबाट नेपाल फर्की आएपछि २०५१ साल चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । रासस