सुकुम्वासी वस्तीको मुहार फेरिदै

,असार ९ गते
सुकुम्वासी समुदायको विकासको क्षेत्रमा काम गर्दै आईरहेको लुमन्ती आवासका लागी सहयोग समुहले संचालन गरिएको कार्यक्रमको आज रत्ननगर नगरपालिका भित्र रहेका सुकुम्वासी वस्तीहरुको अवलोकन गरिएको छ । समुहका पदाधिकारी र पत्रकारको एक टोलीले रत्ननगर ३ र १३ नम्वर वडामा रहेका सुकुम्वासी वस्तीको अवलोकन गरेको हो । सो समुहले रत्ननगर नगरपालिका भित्र १४ वटा सुकुम्वासी वस्तीमा उनीहरुको विकासका लागी कार्यक्रम संचालन गरेको छ भने रत्ननगर १० मा रहेको पञ्च तेज ज्योती राष्ट्रिय प्राथमिक विद्यालयमा ४ थान कम्प्युर समेत सहयोग गरेको छ । सो संस्थाले विषेश गरी सुकुम्वासीहरुका लागी आवास निर्माण गर्न लगानी गरेको छ । लुमन्ती संस्थाले आकृती सहकारी संस्था लिमिटेड मार्फत लक्षित वर्गमा लगानी गर्ने गरेको लुमन्ती आवासका लागी सहयोग समुहका कार्यक्षेत्र संयोजक सिंहवहादुर लामाले जानकारी दिनुभयो । सहकारीमा रत्ननगरका १४ वटा विभिन्न समुदायका महिला समुहहरु आवद्ध छन् । संस्थाले लक्षित सुकुम्वासी समुदायमा लगानी गरेपछि त्यस्ता समुदायमा निकै परिवर्तन समेत आएको छ । लुमन्ती संस्थाले सहयोग गरेपछि आफुहरु राम्रो घरमा वस्न पाएको,जीवनशैलीमा परिवर्तन आएको ,जनचेतना वढेको,आयआर्जनको काममा लागी दैनिक गुजारा चलाउन सजिलो भएको सुकुम्वासी समुदायका अगुवाहरुले वताएका छन् । लुमन्ती संस्थाले सहयोग गरेपछि वस्ती सुधार आएको,क्षमता अभिवृद्धी भएको,वचत गर्ने वानीको विकास भएको,सरसफाईमा ध्यान दिने गरेको रत्ननगर ३ लौरीघोल निवासी नेपाल सुकुम्वासी सुधार समिति रत्ननगरका अध्यक्ष फुलमान तामाङले जानकारी दिनुभयो । लौरीघोल अन्र्तगत नमुना टोलमा ४२ घरधुरी सुकुम्वासी छन् भने सवैको अहिले पक्की घर छ । २०५३ सालमा त्यहाँ वसेका उनीहरु सवैको घडेरीको लालपुर्जा समेत छ । यसैगरी आकृती सहकारी संस्था लिमिटेड मार्फत रत्ननगर १३ जयमंगलामा रहेको प्रगती सुकुम्वासी टोल विकास संस्थामा रहेका सुकुम्वासीहरुले ऋण लिएर आयआर्जनको काममा लगानी गरेका छन् । त्यस टोलका महिलाहरुले सहकारीबाट ऋण लिएर पसल संचालन गरेका छन् भने कतिपयले  ाख्रापालन,गाईपालन,वुङ्गुर पालन समेत गर्नुका साथै हस्तकलाका सामाग्री समेत वनाएर जीवनयापनमा सहजता ल्याएका छन् । रत्ननगर नगरपालिका भित्र १४ वटा सुकुम्वासी वस्तीका करिव ७ सय घरधुरी सुकुम्वासी समुदाय सो संस्थाले कार्यक्रम संचालन गर्दै आएको छ भने रत्ननगर नगरपालिकामा करिव ३ हजार भन्दा वढि सुकुम्वासीको जनसंख्या छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page