चितवन, असार
चितवनमा लागु औषध प्रयोगकर्ताको संख्यामा अझै पनि कमि आउन सकेको छैन । प्रयोगकर्ताहरु वर्षेनी बढ्दो छ । चितवनमा पछिल्लो तथ्याड्ढ अनुसार ४ हजार ५ सय १५ जना प्रयोगकर्ताहरु रहेका छन् । वि.स. २०६९ सालमा गरिएको सर्वेक्षण अनुसार सो तथ्याड्ढ गतवर्ष मात्र गृहमन्त्रालय र तथ्यांक विभागले सार्वजनिक गरेको थियो । अहिले भने जिल्लामा करिव ५ हजारको हाराहारीमा प्रयोगकर्ताहरु रहेको यसक्षेत्रमा कार्यरत संघसंस्थाहरुले जनाएका छन् । नमुना एकीकृत विकास परिषद्का विनोद शर्माले विगतका भन्दा पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढ्दै गईरहेको बताउनुभयो । उहाँले अभिभावक भुमिकामा राम्रा नहुँदा प्रयोगकर्ताको संख्या बढ्दै गएको बताउनुभयो । ४ हजार एक सय ९९ जना पुरुष र ३ सय १६ जना महिला चितवनमा लागुऔषध प्रयोगकर्ता रहेको तथ्याड्ढमा जनाईएको छ । यस्तो प्रयोगकर्ताहरुको संख्या दोब्बर हुनुमा प्रयोगकर्ता र ओसारपसारमा संलग्न गिरोहहरुलाई एउटै तहमा हेरिनु, अपराधि चरित्रहिन व्यक्ति र प्रयोगकर्तालाई सम्मान दृष्टिले हेरिन पनि अर्को कारण रहेको यसक्षेत्रमा कार्यरत संघसंस्थाहरुको भनाई रहेको छ । युथ नेपालका सम्बर्धन गौलीले लागुऔषधलाई रोग भनेर नबुझ्दा यसको समस्या झनै विकराल रहेको बताउनुभयो । उहाँले लागुऔषध प्रयोगकर्ताको संख्या घटाउन ‘यो एउटा रोग हो, अपराध होइन’ भन्ने किसिमले जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । लागुऔषध प्रयोगकर्ताहरु धेरैजसो १८ वर्ष मुनिका उमेर समूहका रहेका छन् ।
यसैबीच लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्वको अन्तराष्ट्रि दिवस चितवनमा पनि विविध कार्यक्रम गरि मनाइएको भएको छ । लागुऔषध पुर्नस्थापनाको क्षेत्रमा काम गर्दैआईरहेका विभिन्न संघसंस्थाको संयोजमा चितवनमा विविध कार्यक्रम गर्न लागिएको हो । विभिन्न संघसंसथाहरुले आज भरतपुरमा पत्रकार सम्मेलन गरि यसवर्ष २६ जुन तारिखका दिन ‘आशाको एक संदेशः लागुऔषध दुव्र्यसनको रोकथाम र उपचार संभव छ’ भन्ने मुलनाराका साथ यो दिवस मनाउन लागिएको जनाएको हो । चितवनमा १३ वटा संस्थाले यो दिवस साप्ताहिक रुपमा मनाउन लागेका हुन् । यसको रोकथामको लागि सहयोग पु¥याउने सुरक्षा निकाय र संचार माध्यमका प्रतिधिनलाई सम्मान गर्ने, रक्तदान कार्यक्रम, विद्यालय र समाजमा जनचेतना मुलक कार्यक्र, यसको रोकथामको लागि सहकार्य गर्न छलफललगायतका कार्यक्रमहरु रहेको कार्यक्रम संयोजक युथ नेपालका सम्बर्धन गौलीले जानकारी दिनुभयो ।