चितवन असार ७,
रत्ननगरमा रहेको न्यू क्यापिटल कलेजमा अध्ययनरत विद्यार्थी सन्तोष तिमिल्सिनाले आपूmले बनाएको हेलिकप्टर उडाएर देखाएका छन् । विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय तिमिल्सिनाले पढेको विषयलाई प्रयोगमा ल्याउँदै हेलिकप्टर बनाएर उडाएका हुन् ।विद्यालय परिसरमा शुक्रवार विद्यार्थी, शिक्षक, अभिभावक र पत्रकारको रोहवरमा उनले हेलिकप्टर बनाएर उडाएपछि उपस्थित सबै चकित परेका थिए । ८० हजार रुपैयाँ खर्र्चिएर उनले १ किलो ३ सय ग्राम तौल भएको हेलिकप्टर बनाएका छन् । चार वटा पंखा जडान भएको हेलिकप्टर उडाउन सन्तोषले रिमोट कन्ट्रोलमार्फत सफल परीक्षण गरी देखिएका थिए ।आरसी कन्टोल सिस्टमबाट तयार गरिएको हेलिकप्टर नौ सय मिटरवरपरसम्म उडान गर्न र अवतरण गर्न सक्ने उनले बताए । उडान क्षेत्रमा नयाँनयाँ प्रविधि आइरहेको र नवीनतम् प्रविधि भित्र्याउने क्षमता आपूmसँग भएको समेत उनले दावी गरे । आफ्नो प्रयासलाई थप उचाईमा पु¥याउने योजना रहेको भएपनि यस विषयको पढाइ नेपालमा नभएकोले रसियामा छात्रवृत्तिमा पढ्न पाए आपूm भविश्यमा सफल भएर देखाउने तिमिल्सिनाले बताए ।कक्षा ६ देखि नै हेलिकप्टर कसरी उड्छ र यसलाई कसरी बनाउन सकिन्छ भनेर प्रयास गर्दै आएका उनले कक्षा १२ मा अध्ययन गर्दा हेलिकप्टर बनाउने योजना सफल भएको बताए । भविश्यमा एरोनेटिकल इन्जिनियरिङ पढेर हेलिकप्टर बनाउने काममा सक्रिय हुने उनले सुनाए ।सन्तोषको क्षमता अरु विद्यार्थीको भन्दा फरक रहेको र अवसर पाए उनले विज्ञान र प्रविधिको क्षेत्रमा प्रगति गर्ने कलेजका विज्ञान संकाय प्रमुख मुकुन्द अधिकारीले बताए । कलेजका प्रिन्सिपल भुपेन्द्र धितालले सन्तोष अदभूत क्षमता भएको विद्यार्थी रहेको भन्दै उसले गर्ने हरेक क्रियाकलापमा कलेज सहयोग गर्न तयार रहेको बताए ।‘सन्तोष यस कलेजको गहनाको रुपमा चित्रण भइसकेको छ’, उनले भने । सन्तोषलाई पढ्न र प्रविधि सिक्न आवश्यक पर्ने सबै खर्च कलेजले नै व्यवस्था गर्ने अधिकारीले बताए ।