विश्वकप रसरङ् । बेलायती खेलाडीको कोठा बाहिर नांगो युवती (फोटो फिचर)

एजेन्सी ।
बेलायतले उसका खेलाडीलाई विश्वकप फुटवल अवधिभर युवतीहरुसँग रहन रोक लगाएको छ । तर ब्राजिल विश्वकपको पहिलो खेलमा पराजित बेलायती खेलाडी बसेको कोठा बाहिर नांगो युवती देखापरेपछि हंगामा मच्चिएको हो ।
खेलाडीहरुको खेलप्रतिको ध्यान भंग नहोस् भनेर इङ्ल्याण्डले वाग्स९खेलाडी पत्नीरगर्ल्डफ्रेड०लार्इ ब्राजिल विश्वकपमा प्रतिवन्ध लगाइएको छ ।
बेलायती खेलाडीहरु रहेको चारतारे होटल रोयल तुलिप रियोको बाल्कुनीमा एक निर्वश्त्र महिला देखा परेको तस्विर सार्वजनिक भएको छ ।
अन्दाजी २० वर्षकी युवति पूर्ण रुपमा नांगो देखिएको तस्विर सहितको समाचार विश्वभरमा मूख्य समाचार अनलाईन तथा समाचार पत्रहरुले प्रकाशित गरेका छन् ।
बाल्कोनीमा नांगो अवस्थामा उभिएकी युवति केही समय हातले मूख्य नांगो शरिर छोप्ने प्रयास गर्दै उभिएकी थिइन् र केही छिनमा कालो टप्स कपडा लगाएर कोठामा छिरेको बताइएको छ ।

डेली स्टार अनलाइमा उल्लेख समाचार अनुसार इङ्ल्याण्डका खेलाडीहरु बसेको होटलमा उक्त नग्न युवती देखिएपनि उक्त समयमा खेलाडीहरु भने होटल बाहिर मैदानमा अभ्यासमा रहेको बताइएको छ ।

इटलीसँग पराजित भएपछि उसले अर्को खेलमा उरुग्वेको सामना गर्दैछ ।
यसैबिच  इङ्ल्याण्डले उसका खेलाडीलाई पत्नि र गर्लफ्रेण्ड भेट्न प्रतिवन्ध लगाइरहँदा टोलिका क्याप्टेन ब्रायन रुनी पत्नी बेलायतबाट ब्राजिलका लागि सोमवार उडेको बताइएको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page