गोलाघाटमा नेपाली सेना र स्थानियबीच झडप, तीन घाईते

चितवन, असार ३

मेघौलीको गोलाघाटनमा आज राती स्थानिय र नेपाली सेनाबीच झडप भएको छ । झडमा परि दुई जना स्थानिय घाईते भएका छन् । सेनासंग झडपभएपछि पुगेको प्रहरीसंग पनि झडप हु“दा एक प्रहरी जवान समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शान्तीराज कोइरालाले नारायणी अनलाईनलाई जानकारी दिनुभयो । घाईतेहरुको भरतपुरमा उपचार भईरहेको छ । राप्ती नदीमा माछा मार्ने विषयमा विवाद भएपछि झडपको रुप लिएको थियो । सेनाको गाडी स्थानियले नियन्त्रणमा लिएर राखेका छन् । घटनाको थप विवरण आउन बाँकी छ । 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page