२५ जेठ, काठमाडौं । अमेरिकाको वासिङटनस्थित मुकिल्टो सिटीमा सञ्चालित नेपाली उद्योग हिमालयन कार्पोरेसनले यो वर्षको उत्कृष्ट उद्योगको अवार्ड पाएको छ । अमेरिकाको प्रसिद्ध बिजनेस पत्रिका ‘दि हेराल्ड’ले वाषिर्क रुपमा घोषणा गर्ने उत्कृष्ट अवार्ड हिमालयनले पाएको हो । पत्रिकाको वाषिर्कोत्सवका अवसरमा अवाडै घोषणा गरिएको हो ।
हेराल्डका पब्लिसर जस वो कर्नरले कम्पनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सीईओ सुजनकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेको कारोबारमा खबर छ । सर्टलिस्टमा परेका ४० उद्योगलाई पछि पार्दै हिमालयनले १ सय ५ वर्षको अमेरिकी इतिहासलाई समेत तोडेको छ । स्थापनाको छोटो समयमै अवार्ड पाउने हिमालयन पहिलो भएको घोषणा पनि म्यागजिनले गरेको छ ।
सम्मानपछि अध्यक्ष श्रेष्ठले नेपालको हिमाली भेगका कृषकले उत्पादन गरेको छुर्पीले अमेरिकी ग्राहकको मन जित्न सकेको भन्दै खुसी व्यक्ति गरे । आगामी दिनमा यसलाई अझ विस्तार गरी युरोपमा समेत पुर्याइने उनले बताए ।