एप्पलले ल्याउँदैछ आइप्याड एयर-टू

एप्पलका फ्यानहरु आइफोन सिक्सको व्यग्र प्रतिक्षामा रहेका बेला नयाँ खबर सार्वजनिक भएको छ । एप्पलले नयाँ आइफोन सार्वजनिक गरे लगत्तै नै नयाँ आइप्याड निर्माण गर्ने समाचारहरु सार्वजनिक भएका हुन् ।
कोरियाली समाचार माध्यमहरुका अनुसार एप्पलले यो महिनाको अन्त्यतिरै नयाँ पुस्ताको आइप्याड एयर -आइप्याड एयर टू) निर्माण सुरु गर्नेछ । यसका पार्टस् निर्माता तथा आपूर्तिकर्ताहरु तयारीमा जुटिसकेका बताइएको छ ।
IPAD
आइप्याड एयर टू अहिलेसम्मकै सबैभन्दा सुरक्षित ट्याबलेट हुने दाबी गरिएको छ । यसमा आइफोन फाइभ एसमा जस्तै ८ मेगा पिक्सेलको क्यामरा, उच्चस्तरीय प्रोसेसर रहने छ । साथै यसमा फिंगरपि्रन्ट स्क्यानर समेत रहनेछ ।
नयाँ अपरेटिङ सिस्टम आइओएस ८ का सुरक्षा फिचर्सहरुका कारण पनि आइप्याड एयर टू अहिलेसम्मकै सबैभन्दा सुरक्षित आइप्याड हुने बताइएको छ ।
म्याक र्युमर्सका अनुसार भने यो नयाँ आइप्याडको डिस्प्लेको निर्माण कार्य सुरु भैसकेको छ । यसलाई हेर्दा आउँदो अक्टोबरमा यो एप्पलले नयाँ आइप्याड बजारमा ल्याउने छाँटकाँट देखिएको छ । पहिलो पुस्ताको आइप्याड एयर सन् २०१३ को नोभेम्बरमा सार्वजनिक भएको थियो । आइफोन ६ आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने अड्कल काटिएको छ ।
एयर टू मा पनि पुरानै ट्याबलेटकै आकारको ९.७ इन्चको रेटिना एलसिडी डिस्प्ले स्त्रिmन रहनेछ । साथै ०.३ इन्च मोटो, ४७० ग्राम तौलको रहनेछ । अहिलेको आइप्याडमा एयरमा ५ मेगापिक्सेल क्यामरा रहेकोमा एयर टू मा ८ मेगापिक्सेलको क्यामेरा हुनेछ । साथै यसमा आइसाइट टेक्नोलोजी पनि हुनेछ जसका कारण कम प्रकाशमा समेत तस्वीर खिच्न सहज हुनेछ र धिमा गतिको भिडियो खिच्न पनि सम्भव हुनेछ ।
नयाँ ट्याब्लेटमा ए एट प्रोसेसर हुनेछ जुन अघिल्लो ए सेभेन भन्दा ५० प्रतिशत बढि कामयावी हुन्छ । साथै यसमा आइप्याड खोल्नका लागि टच आइडी फिंगरपि्रन्ट सेन्सर हुनेछ । यो प्रविधि आइफोन फाइभ एसमा पनि छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page