नारायणगढ बजारका फुटपाथ व्यवसाय कहिले होला व्यवस्थीत ?


उर्गेन तामाङ ,जेठ १७ ,चितवन । जिल्ला पशासन कार्यलय चितवन र भरतपुर नगरपालीकाको संयुक्त आयोजनामा नारायणगढ बजारलाई सफा ,सुन्दर ,नमुना शहरका रुपमा विकास गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको छ । जसमा ,फुटपाथ व्यवसायीहरुलाई हटाई सडकलाई खुल्ला बनाउने लगायतका विभिन्न कार्यक्रमहरु रहेका छन । तर नगरपालीकाले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गरेसंगै फटपाथ व्यवसायीहरु रुष्ट बनेका छन । नगरपालीकाले फुटपाथ व्यवसायीलाई हट्न सुचना जारी गर्दै नहट्नेलाई पटकै पिच्छे १ हजार जरीवाना तिराउने तथा सामान नियन्त्रणमा लिने जस्ता कडा नियम लागु गरेपछि उनिहरु आन्दोलित बनेका हुन । 
 
उनिहरुले यो निर्णयलाई खाने भाँडा खोसेको भनि परिभाषीत गरेका छन । आफुहरुलाई बैकल्पीक व्यवस्था नगरी हटाउने निर्णयले स्वरोजगार मजदुरको बाँच्न पाउने नैसर्गीक अधिकार माथी हस्तक्षेप गरेको उनिहरुको ठहर छ । नमुना बजार बनाउने अभियान प्रति आफुहरु सकरात्मक रहेको भन्दै फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनुहुन्छ भरतपुर स्वरोजगार फुटपाथ व्यवसायी संयुक्त संघर्ष समिति चितवनका संयोजक विष्णुराम लामिछाने । लामिछानेले दिर्घकालीन व्यवस्थापन गर्नुपर्ने र वैकल्पीक व्यवस्थापन नभएसम्म पहिलाकै स्थानमा कुनै निश्चित समय तोकेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताउनुभयो ।
 
नगरपालीका भित्र करिव ५ सय को हाराहारीमा फुटपाथ व्यवसायीहरु रहेको उनिहरुको दावि छ । नगरपालीकाको आफनो स्वामित्वमा रहेका खाली जग्गा र नभए जग्गा लिजमा लिएरै भए पनि भाडा तिर्ने सर्तमा व्यवस्थीत गर्नुपर्ने उनिहरुको माग रहेको छ । सडक पेटीमा व्यवसाय गर्नु आफुहरुको रहन नभएर वाध्यता भएको भन्दै उनिहरुले उचित व्यवस्थापनका लागी पटक पटक लिखित रुपमा आग्रह गर्दा पनि सम्बन्धीत निकायले वास्ता नगरेको गुनासो गरेका छन । 
 
तर उता व्यवस्थीत गर्नुपर्ने फुटपाथ व्यवसायीको माग जायज भए पनि उनिहरुको माग ६ वर्ष पहिलेनै पुरा भएको बताउनुहुन्छ भरतपुर नगरपालीकाका कार्यलय प्रमुख नारायण सापकोटा । सापकोटाका अनुसार २०६४ सालमानै नेपाल सरकारको जमानीमा एसियाली विकास बैङकले दिएको ८० लाख लोनको आधारमा बालकुमारी हाईस्कुल सँग २० वर्ष सम्मका लागी लिजमा लिएर मण्डीको व्यवस्था गरीएको छ । वैकल्पीक व्यवस्था गरीसक्दाको अवस्थामा पनि सडकमा अफ्ठ्यारो हुने गरी व्यवसाय गर्नेलाई कार्वाही गर्ने सापकोटाले चेतावनी समेत दिनुभयो ।
 
यस्तै ट्राफिक व्यवस्था राम्रो बनाउने ,फोहोर मुक्त नगर बनाउने ,पार्कीङको व्यवस्वथापन लगायत अन्य कार्यक्रहरु पनि सञ्चालन भईरहेका छन । भरतपुर नगरपालीकाले वैकल्पीक व्यवस्था गरीसकेको बताईरहँदा उता समिति संयोजक लामीछानेले भने नगरपालीकाले झारोटार्ने काम मात्रै गरेको आरोप लगाउनुहुन्छ । लामीछानेका अनुसार व्यवस्था गरीएको भनिएको स्थान न कुनै पार्क सँग जोडीएको छ न त ग्राहकलाई त्यहाँसम्म पुग्नका लागी राम्रो रोडको व्यवस्था छ । व्यवसाय सञ्चालनका लागी उपयुक्त वातावरण भएन उहाँले भन्नुभयो – पहिले गएर बसेपनि व्यापार नभएपछि पुनह सडकमा फर्कीएका हौँ । 
 
पटक पटक नगरपालीकाले फुटपाथ व्यवसायलाई व्यवस्थीत गर्ने अभियान सञ्चालन गर्दै आए पनि प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा समस्या ज्युँका त्युँ रहेको हो । प्रहरी र नगरपालीकाका कर्मचारी हिड्दा जुरुक्क उठेर फुटपाथ व्यवसायी केहि छिन भागे जस्तो गर्ने र पुनह त्यहि स्थानमा आई व्यवसाय सञ्चालन गर्ने गरेका छन । त्यो दृष्य हेर्दा तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु भन्ने पाराको देखिन्छ ,अझ भन्ने हो भने नाटक जस्तै लाग्छ । 
 
भरतपुर १२ का नवरत्न टोलका संस्थापक अध्यक्ष नन्दन बहादुर पन्त भने सडक पेटीमा व्यवसाय गर्नु राम्रो नहुने बताउनुहुन्छ । विकसीत देशमा यस्तो कहिँ पनि नहुने भन्दै नेपालकै केन्द्रमा पर्ने यस क्षेत्रमा फुटपाथ व्यवसायका कारण धेरै समस्या उत्पन्न भएकाले फुटपाथ व्यवसायलाई व्यवस्थीत बनाउनुपर्ने पन्तले बताउनुभयो ।
 
फुटपाथ व्यवसायीको समस्या आफ्नै ठाउँमा ठुला छन ,फुटपाथ व्यवसाय गरेरै घर परीवर सञ्चालन गरीरहेकाहरुको पिडालाइ संम्बन्धीत निकायले बुझ्न जरुरी छ । फुटपाथ व्यवसायीले सडकको पेटी ढाकेपछि सर्वसाधारणलाई हिडडुल गर्न समस्या त परेकै  छ उता भिडभाड बड्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परीरहेको छ । सरोकारवाला निकायहरुले चाँडो भन्दा चाँडो यसको दिर्घकालीन व्यवस्थापनमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page