पल्सर स्पोट्स अवार्ड : पारस खड्का ‘उत्कृष्ट पुरूष खेलाडी’ घोषित


१९ जेठ, काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का ‘वर्षको उत्कृष्ट पुरुष खेलाडी’ घोषित भएका छन् । नेपाल खेलकु्द पत्रकार मञ्चको आयोजनामा सोमवार काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा भएको पल्सर स्पोर्टस अवार्ड वितरण कार्यक्रममा क्रिकेटका कप्तान खड्का ‘वर्षको उत्कृष्ट पुरुष खेलाडी’ घोषित भएका हुन् । वर्षको उत्कृष्ट पुरूष खेलाडी घोषित भएका  पारसले पल्सर मोटरसाइकल पाए ।
खड्काले उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा परेका क्रिकेटकै बसन्त रेग्मी र सुवास खकुरेल, गल्फका शिवराम श्रेष्ठ र एथ्लेटिक्सका याम साजन सुनारलार्इ पछि पार्दै अवार्ड जितेका हुन् । ट्वान्टी ट्वान्टी बिश्वकपमा पारसले हङ्गकङ्ग र बङ्गलादेशबिरुद्ध समान ४१ रन बनाउदै दुई अद्धशतकीय साझेदारी गरेका थिए ।
सरस्वती चौधरी ‘वर्षको लोकप्रिय खेलाडी’
भलिबल खेलाडी सरस्वती चौधरी ‘वर्षको लोकप्रिय खेलाडी’ घोषित भइन् ।  चौधरीले ‘वर्षको लोकप्रिय खेलाडी’को मनोनयनमा परेका फुटबलका युवा स्ट्राइकर विमल घर्ती, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का, एथलेटिक्सका याम साजन सुनुववार र पौडीकी सोफिया शाहलार्इ पछि पार्दै अवार्ड जितेकी हुन् । लोकप्रिय खेलाडी घोषित चाैधरीले पनि पल्सर मोटरसाइकल प्राप्त गरेकी छिन् ।
चौधरीले एसएमएसमार्फत ६९ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । भलिबल खेलाडी सरस्वती चौधरी एपिएफ क्लबले २०७० मा ५ प्रतियोगिता जित्दा टोलीकी नायिका हुन् । उनी एनभीए कपमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् भने आइजीपी कपमा मोस्ट भ्यालुएबल प्लेर घोषित भएकी थिइन् । यस्तै पोखरामा सम्पन्न ओपन भलिबल च्याम्पिएनसिपमा उत्कृष्ट खेलाडी भएकी हुन् अन्य ३ प्रतियोगितामा पनि ब्यक्तिगत पुरस्कार जित्न सफल खेलाडी हुन् ।
 ’लाइफटाइम एचिभमेन्ट अवार्ड’ मानन्धरलाई
यस्तै धावक बैकुण्ठ मानन्धरलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । सन् १९७३ मा फिलिपिन्समा सम्पन्न पाहिलो एशियाली ट्रयाक एण्ड फिल्ड च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय खेल यात्रा थालेका उनले चार ओलम्पिकमा भाग लिएका छन् । मस्को १९८०, लसएन्जल्स १९८४ र सिओल १९८८ गरी लगातार चार ओलम्पिक खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन् ।
सन् १९८४ मा काठमाडौंमा सम्पन्न प्रथम सागमा स्वर्ण जितेका मानन्धरले सन् १९८५ मा ढाकामा दोश्रो संस्करणमा पनि स्वर्ण जिते । जहाँ स्वर्ण जित्ने उनी एक मात्र नेपाली खेलाडी थिए । कोलकतामा भएको तेस्रो सागमा पनि स्वर्ण जित्दै दक्षिण एशियाली पदकमा ह्याटि्रक मात्र गरेनन् र दक्षिण एशियाली किर्तीमान बनाए । उनले म्याराथन पुरा गर्नुभएको २ घण्टा १५ मिनेट ३ सेकण्डको समय आज २७ वर्षसम्म अविजित छ । कसैले तोड्न सकेको छैन । इस्लामावादमा सन् १९८९ मा सम्पन्न चौथो सागमा काश्यमा सिमित भएपछि मानन्धरले सन्यासय लिए ।
विमल घर्ती ‘युवा वर्ष खेलाडी’
नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगर पल्सर स्पोटर्स अवार्डको ‘ युथ प्लेयर अफ दी इयर’ घोषित भए । विमलले युवा खेलाडीको मनोनयनमा परेका क्रिकेटका सोमपाल कार्मी र अविनाश कर्णसँगै पौडीका शिरिष गुरुङ र उसुका विशाल थापा सिंजालीलार्इ पछाडि पार्दै अवार्ड हात पारेका हुन् ।
विमल साफको कान्छो गोलकर्ता हुन् । उनले आठौं साफ च्याम्पियन्सिपान पाकिस्तानविरुद्ध खेलको अन्तिम मिनेटमा गोल गर्दै बराबरीको नतिजा दिलाएका थिए । साफ यु-१६ च्याम्पियन्सीपमा नेपाललाई फाइनलसम्म पुर्याउँदा भुटानविरुद्ध हृयाटि्रक गरेका नले प्रतियोगीतामा कुल ६ गोल गरेका थिए । उसो त नेपाल एएफसी यु १६ च्याम्पियनसिपको फाइनल चरणमा नेपालले पुर्याउने क्रममा उनले तुर्कमिनिस्तानविरुद्ध हृयाटि्रक गरेका थिए ।
पुबुदु ‘वर्षको उत्कृष्ट प्रशिक्षक’
यसैगरी नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायिके कोच अफ दी इयर घोषित भए । पुबुदु लगातार दोस्रो पटक उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् । पुवुदुले  बालगोपाल महर्जन (फुटबल), कपिल किशोर श्रेष्ठ (भलिबल), युवराज गुरुङ (उसु) र ऋषिराम प्रधान (जुडो) लार्इ पछि पार्दै अवार्ड हात पारेकी हुन् ।
पुबुदु अघिल्लो वर्ष भएको पल्सर स्पोर्टस अवार्डमा पनि वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।  पुबुदुकै प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले बंगलादेशमा भएको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
भेष्वाकरलाई स्पेशल अवार्ड
यसैगरी यो वर्षको स्पेशल अवार्ड क्रिकेटर शरद भेष्वाकरलाई प्रदान गरिएको छ । भेसावकरले नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेले । हङकङबिरुद्ध विश्वकप प्रवेशका लागि भएको खेलमा अन्तिम ओभरमा १३ रन आवश्यक पर्दा शरदले लगातार छक्का र चौका प्रहार गरे, जुन नेपालका लागि निर्णयक साबित भयो ।
नेपालले खेलेको पहिलो विश्वकप पनि शरदका लागि बिशेष रहृयो । ९१ रन बनाएका शरद बंगलादेशमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बने ।
सुनिता बोहोरा ‘उत्कृष्ट महिला खेलाडी’
जुडोकी सुनिता बोहोरा ‘उत्कृष्ट महिला खेलाडी’ घोषित भइन् । बोहोराले महिला खेलाडीको मनोनयनमा परेका दिलमाया कार्की (एथ्लेटिक्स), सोफिया शाह (पौडी), सीता रानामगर (क्रिकेट) र तारादेवी पुन (भारोत्तोलन) लार्इ पछि पार्दै ‘उत्कृष्ट महिला खेलाडी’ को अवार्ड हात परेकी हुन् । बोहोराले पनि एक थान मोटरसाइकल प्राप्त गरिन् ।
‘टिम अफ दी इयर’ क्रिकेट टोलीलाई
यसैगरी नेपाली क्रिकेट टोली ‘टिम अफ दी इयर’ घोषित भएको छ । वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्डसमेत हात पारेको क्रिकेट टोलीले ‘वर्षको उत्कृष्ट टोली’ पनि घोषित भएको हो ।
कुँवर ‘पारा एथलेटिक अफ दी इयर’
यसैगरी ‘पारा एथलेटिक अफ दी इयर’ तेक्वान्दो खेलाडी यादव कुँवर घोषित भए ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page