राखेपका सदस्य सचिव लामालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

१९ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा अर्को आदेश नभएसम्म युवराज लामालाईनै बहाली गर्न सर्बोच्च अदालतले अन्तमरिम आदेश जारी गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले लामा सहित राखेपका पदाधिकारीलाई उनीहरुको अवधि सकिएको भन्दै बर्खास्त गरेको थियो ।
न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले यस्तो अादेश दिएको हो ।
आफूलाई बर्खास्त गर्ने निर्णय विरुद्ध लामा अदालत गएका थिए । अदालतले सदस्य सचिव लामाको पक्षमा अन्तरिम आदेश जारी गर्दै छलफलका लागि विपक्षीहरुलाई जेठ २६ गते बोलाएको छ ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page