११ असार,लन्डन ।
बेलायत सरकारले अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र स्वीकारेको अभियोगमा एक विश्वविद्यालयसहित ५७ निजी कलेज निलम्बन गरिदिएको छ । ति शैक्षिक संस्थाहरुलाई अन्तर्राष्ट्रिय विद्यार्थी ‘स्पोन्सर’ गर्न नमिल्ने गरी निलम्बन गरिएको अध्यागमन मन्त्री जेम्स् ब्रोकेनसायरले मंगलबार बेलायती संसद हाउस अफ कमन्स् समक्ष जनाएका हुन् ।
निलम्बित हुनेमा हजारौं नेपाली विद्यार्थी अध्ययनरत ग्लाइन्डर युनिभर्सिटी, लन्डन स्कुल अफ विजनेश एण्ड फाइनान्स् (एलएसबीएफ), साउथ लन्डन कलेज, नर्थवेष्ट कलेज रेडिङ लगायत छन् । वेडफोर्डसायर र वेष्ट लन्डन युनिभर्सिटीलाई पनि अनुसन्धानको दायराभित्र राख्दै विद्यार्थी प्रायोजन नगर्न निर्देशन गरिएको छ ।
निलम्बित शैक्षिक संस्थाहरुमा अध्ययनरत ५० हजार भन्दा बढि अन्तर्राष्ट्रिय विद्यार्थीले ब्रिटिस भिसा बढाउन पेश गरेका अंग्रेजी परिक्षाको सर्टिफिकेट अबैध वा शंकाष्पद भएकाले यस्तो निर्णय गरिएको मन्त्रीको भनाइ उधृत गर्दै बेलायती अखबार दि गार्डियनले उल्लेख गरेको विक्ली नेपाल डटकमले समाचार लेखेको छ ।
ब्रोकेनसायरले २९ हजार अंग्रेजी भाषा परीक्षाको सर्टिफिकेट अबैध र १९ हजार शंकाष्पद भएको जनाउँदै पूर्ण अनुसन्धानपछि यो संख्या अरु बढ्ने सांसदहरुलाई अवगत गराएका थिए । मन्त्रीका भनाइमा, ग्लाइन्डर युनिभर्सिटी अध्ययनरत तीनसय ५० भन्दा बढि र वेष्ट लन्डन युनिभर्सिटी अध्ययनरत २ सय ९० विद्यार्थीको सर्टिफिकेट अबैध वा शंकाष्पद पाइएको छ । मन्त्री ब्रोकनसायरले संसदमा हालसम्म अध्यागमन नियम दुरुपयोग गर्ने करिब सात सय ५० बोगस (बनावटी) कलेजको लाइसेन्स खारेज गरिसकिएको र

अंग्रेजीको नक्कली सर्टिफिकेट स्वीकार्ने चारसय हाराहारी कलेजबारे निगरानी राखिएको समेत अवगत गराएका थिए । अमेरिकी कम्पनी एजुकेशनल टेष्टिङ सर्भिस् (इटिएस) का टेष्ट सेन्टरहरुमा नक्कली परीक्षामार्फत धमाधम अंग्रेजी जाँचका सर्टिफिकेट किनबेच भएको पाइएपछि गत अप्रिलबाट होम अफिसले त्यस्ता सेन्टर खारेज गरि संस्थाले दिने टोइक (दि टेष्ट अफ इंगलिस फर इन्टरनेशनल कम्युनिकेशन) सर्टिफिकेट समेत मान्य नहुने गरी प्रतिबन्ध लगाएको थियो ।
बीबीसी वानको एक चर्चित कार्यक्रम ‘प्यानोरामा’ ले गत फेब्रुअरीमा इटिएसमार्फत बेलायतमा नक्कली अंग्रेजी भाषा परीक्षाको सर्टिफिकेट उपलब्ध गराउन भइरहेको संस्थागत अपराधबारे एक रिपोर्ट नै प्रसारण गरेपछि बेलायती अधिकारीहरु कडाइतिर लागेका हुन् । दि नेशनल क्राइम एजेन्सीको सहयोगमा नक्कली सर्टिफिकेटको कारोबार गर्ने अपराधिक गिरोहलाई पक्रेर कारबाही बढाइ सकिएकोसमेत समाचारमा उल्लेख छ ।
मन्त्री ब्रोकेनसायरले ब्रिटेनका अन्य क्षेत्रमा सञ्चालित कलेज तथा विश्वविद्यालयबारे जाँचबुझ गर्न निर्देशन दिइएको पनि जनाएका छन् । उनले ब्रिटेनमा अंग्रेजी भाषा परीक्षा दिलाउने इटिएस ग्लोवल लि. को अपराधिक क्रियाकलापबारे अनुसन्धान भइरहेको जनाए ।
कलेज सञ्चालनकको आक्रोश
निलम्बनको जनाउले आक्रोशित नर्थ वेष्ट कलेज रेडिङका निर्देशक यादव श्रेष्ठले बिना कारण आफ्नो कलेज निलम्बन गरिएको गुनासो गरे । ‘यो कदम राजनीतिक स्वार्थबाट प्रेरित छ’, श्रेष्ठले आक्रोश पोखे, ‘होम अफिसले मान्य नहुने भनेको दिनदेखि हामीले कुनै पनि विद्यार्थीबाट त्यस्ता अंग्रेजी सर्टिफिकेट लिएका छैनौं । तर, यसैलाई कारण देखाइयो ।’
श्रेष्ठले विद्यार्थीले पेश गर्ने सर्टिफिकेट सक्कली वा नक्कली त्यो जाँच्ने संयन्त्र आफूहरुसँग नभएको पनि प्रष्ट्याए । उता, निलम्बित साउथ लन्डन कलेजका निर्देशक राजन कँडेलले यसअघि नै विद्यार्थीको बेलायत आकर्षण खस्किरहेका बेला पछिल्लो कदमले शैक्षिक साख झन् ध्वस्त गर्ने आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । आफ्नो कलेजको लाइसेन्स पूर्ववत् अवस्थामा फर्काउने प्रतिवद्धता पनि कँडेलको छ ।
रियल ड्रिम्स् कन्सल्टेन्सी यूकेका निर्देशक वसन्त नेपालले बेलायत सरकारको यो निर्णयले कलेज, विद्यार्थी मात्र नभई बेलायतको शैक्षिक प्रतिष्ठा समेत खस्कने दावी गरे । सन् २०११ देखि अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा बढाउन आवेदन दिंदा अंग्रेजी बोल्न, लेख्न सक्षम भएको प्रमाणित गर्नेर् अंग्रेजी सर्टिफिकेट पेश गर्न जरुरी छ । यही बाध्यताबीच अंग्रेजीमा कमजोर विद्यार्थीले चोरबाटोबाट सर्टिफिकेट किनेरै भिसा बढाइरहेका बेलायती अधिकारीहरुको आशंका छ ।