१० असार, जेनेभा ।
इस्लामी लडाकुहरुले इराकी सत्ता कब्जा गर्न चलाएको युद्धका क्रममा दुई सातामा इराकमा कम्तीमा १ हजार ब्यक्ति मारिएका छन् । इराकको उत्तरी र पश्चिमी क्षेत्रको अधिकाशं भूभाग कब्जा गरेका लडाकुहरुले इराकी राजधानी बग्दाद आक्रमणको योजना बनाइरहेका छन् ।
इस्लामी सुन्नी लडाकुले अधिकाशंलाई नियन्त्रणमा लिएर हत्या गरेको र मारिनेमा इराकी सेना बढी रहेको बताइएको छ । जुन ५ देखि २२ सम्मको १७ दिनको अवधिमा १ हजार ७५ जना मारिएको तथ्यांक संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको छ ।
तर अन्य समाचार संस्थाहरुले भने यो संख्या दोब्बर भन्दा बढी रहेको बताएका छन् ।
तर अन्य समाचार संस्थाहरुले भने यो संख्या दोब्बर भन्दा बढी रहेको बताएका छन् ।
इस्लामी सुन्नी लडाकुहरुले सिया धर्मभिरु नागरिक र लडाकुको सिधै हत्या गरेको र कतिपयलाई उनिहरुले भनेको नमानेपछि हत्या गरेको बताइएको छ ।
इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्ट ९आईएसआईएल० का जिहादी लडाकुले चलाएको झण्डै तिनसाता लामो युद्धका क्रममा दर्जन बढी सहर नियन्त्रणमा लिएका छन् भने इराकी सरकार राजधानी र केही सहरमा मात्र खुम्चिन पुगेको छ ।