चण्डिभञ्ज्याङ्का चेपाङ परिवारलाई निशुल्क चामल वितरण

चितवन, जेठ २१ । चितवनको चण्भिञ्ज्याङ्ग गा.वि.स. मा बसोबास गर्ने चेपाङ्ग समुदायका करिब १ सय ६५ घरधुरीलाई निशुल्क चामल तथा नुन वितरण गरेका छन् । 
 नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य शुष्मा पौडेलले सञ्चालन गरेको चामल संकलन अभियानबाट संकलित चामल चितवनको चण्डिभञ्ज्याङ ५ कालिखोलामा एक कार्यक्रम गरी चेपाङ समुदायलाई वितरण गरेको हो । 
 करिब डेढ महिना अघिबाट शुरु गरेको अभियानमा देश तथा विदेशमा बसोबास गर्ने नेपालीहरुको सहयोगमा करिब ३ सय ३० बोरा चामल संकलन भएको अभियान कर्ता शुष्मा पौडेलले जानकारी दिनुभयो । गिठ्ठा र भ्याकुरको भरमा गुजारा चलाइरहेको चेपाङ समुदायका एक महिला निशुल्क रुपमा चामल पाइने भएपछि मंगलबार बिहानै गाउँबाट चामल लिन कालिखोला झरेको बताइन् । रुङ्गटा वयलफेयर सोसाइटी विरगंजले अभियानलाई ५० बोरा चामल सहयोग गरेको थियो भने विभिन्न व्यक्ति र संघसंस्थाले एक बोरादेखी १० बोरासम्म चामल खरिद गरेर सहयोग गरेको चामल संकलन अभियानका संयोजक पौडेलले जानकारी दिनुभयो । 
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page