५६ विशेषज्ञ डाक्टर फेल

एमडी/एमएस गरेका ५६ जना चिकित्सक मेडिकल काउन्सिलले लिने विशेष परिक्षामा फेल भएका छन् । विगतभन्दा फेल हुने क्रम बढेको छ । परिक्षामा शनिबार ३ सय २८ जना सहभागी भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
 स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सकले समेत विशेष परीक्षा पास गर्नुपर्ने व्यवस्था तीन वर्षअघि सुरु भएको हो ।
काउन्सिलका अनुसार फेल भएकाले एक वर्षभित्रै पुन परीक्षा दिएर पास नभए विशेषज्ञ चिकित्सकको काम गर्न पाउने छैनन् । स्रोतका अनुसार फेल ५६ जनामध्ये २६ जना चीन, १४ फिलिपिन्स,१० पूर्वसोभियत संघ र ६ जना नेपालबाट स्नातकोत्तर गरेका हुन् ।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page