ठोरीको भन्सार क्षेत्रमा रहेको माइती नेपालको बीट निर्माण स्थलदेखि पाँच सय मिटर दक्षिणतर्फ तथा भारतको भीखनाठोरीमा रहेको हृवाइट हाउस भन्दा दुइ सय मिटर उत्तर तर्फ खोलाको पानीमा ढलेको अवस्थामा पिलर फेला परेको ठोरीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउ पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षक नीरबहादुर खनालले बताए । बिहान भीखना ठोरी रेल स्टेशनबाट घर फर्किदा गरेका ठोरीका स्थानीयवासीले वर्षौदेखि गायब भएको ८६ नम्बरको पिलर ठुटे खोलाको पानीमा ढलेको अवस्थामा देखेपछि ठोरीमा रहेको सशस्त्र प्रहरी बोर्ड आउट पोष्टमा खबर गरेका थिए ।
स्थानीयले जानकारी दिएको आधारमा खोलामा गएर हेर्दा ८६ नम्बरको पिलर खोलाको पानीमा ढलेको अवस्थामा फेला परेको सशस्त्र प्रहरी नायव निरिक्षक खनालले बताए । ८५ र ८६ नम्बरको मझौला पिलर गायब भएपछि भारतको भीखना ठोरीमा रहेको भारतीय सुरक्षा बल एसएसबीले सीमा नजिक रहेको नेपाली भूमीलाई भारतीय भूमी भन्दै पटक पटक दाबी गर्दै आएको छ । एसएसबीकै अवरोधका कारण ठोरी भन्सार क्षेत्रमा निर्माण गर्न लागिएको माइती नेपालको बीट र ठुटे. खोलाको पुल निर्माण कार्य हुन सकेको छैन ।