नारायणी किनारमा दुई वेवारिसे शव फेला

चितवन जेठ २९
चितवनको नारायणी नदि किनारमा विहिवार दुई वेवारिसे शव फेला परेको छ । भतरपुर नगरपालिका वडा नं ४ स्थित नदी किनारमा विहान १० बजे अन्दाजी ४० ÷४५ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । शवलाई पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । यसैविच पश्चिम चितवनको मंगलपुरमा अवस्थित नारायणी नदी किनारमा पनि तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलपुर गाविस वडा नं ९ मा रहेको सेतीदेवि सामाुदायिक वन नजिक नदी किनारमा तैरिरहेको अवस्थामा विहान सांढे ९ बजे शव फेला परेको हो । मृत पुरुषको अनुहार लगायतका भागहरु गलिसकेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । शवको मुचुल्का भईसकेकाले गाविस सचिवको रोहवरमा सनाखत गरिने प्रहरीले जनाएको छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page