ट्रक खस्दा चालक सहित २ को मृत्यु

काठमाडौ, जेठ २३ –  धादिङको जोगीमारामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ  ।
काठमाडौबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख १७४१ नम्बरको ट्रककोे अगाडिका दुईवटै टायर पड्केर सडकबाट खस्दा चालक बारा रघुनाथपुर ४ का विनोद साह कलवार र अर्का एक जनाको ज्यान गएको हो । उनको भने सनाखत भएको छैन ।
यस्तै काठमाडौ कालिमाटीमा शुक्रबार बिहान पानी बोकेको  ट्यांकरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
बल्खुबाट कालिमाटी तिर जाँदै गरेको बा १ ख ९४८८ नम्बरको पानी ट्यांकरले ठक्कर दिंदा साइकल चालक अर्घाखाँची हंसपुर ८ का ४० वर्षका गणेश विकको ज्यान गएको हो ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page