उच्च प्रहरी अधिकारीहरूको सरुवा


उच्च प्रहरी अधिकारीहरूको सरुवा

    (4 Votes)
    प्रतिमा बास्कोटा
    nepal_police
    काठमाडौ, असार ४ - सरकारले सोमबार उच्च प्रहरी अधिकारीहरूको सरुवा गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको भनिरहेका बेला ५ जना एआईजी र १९ जना डीआईजीको सरुवा गरिएको छ  । गृह मन्त्रालयको सिफारिसमा मन्त्री परिषद् बैठकले उक्त निर्णय  गरेको हो ।
    महानगरी प्रहरी आयुक्तको कार्यालय काठमाडौंमा एआईजी नवराज ढकाल ल्याइएका छन् । आयुक्त कार्यालयमा रहेका कुवेरसिंह राना कार्यविभागमा पठाइएका छन् । त्यस्तै, भीष्म प्रसाईलाई प्रशासनमा, प्रकाश कुँवरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा तथा मानव स्रोतमा किरण गौतमलाई सरुवा गरिएको छ ।
    डीआईजीरुमा सुरेन्द्र शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो, उपेन्द्रकान्त अर्याललाई ट्राफिक महाशाखा, पर्शुराम खत्रीलाई पूर्वाञ्चल, राजेन्द्रसिंह भण्डारीलाई तालिम निर्देशनालय, यादव अधिकारीलाई मध्यमांचल, रमेशशेखर वज्राचार्यलाई पश्चिमाञ्चल, सुशीलबरसिंह थापालाई सुदूरपश्चिम, वीरेन्द्रबाबु श्रेष्ठलाई त्रिभुवन विमानस्थल, नारायण वास्ताकोटीलाई प्रति आतंकवाद सेलमा, केशव अधिकारीलाई मेट्रो २ मा, गोपाल भण्डारीलाई अख्तियारमा तथा केशबहादुर शाहीलाई मध्यपश्चिममा सरुवा गरिएको छ । प्रबन्धमा विज्ञानराज शर्मा र टपेन्द्र हमाललाई लागु औषध कानुन कार्यान्वयन ईकाईमा पठाइएको छ ।
    Tags: ,

    About Author

    iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

    Share this Page