विश्व वातावरण दिवसको अवसरमा सिनर्जी एफएमले आज साईकल यात्रा टुर डे सिटीको आयोजना गरेको छ । सिनर्जी एफएमको कार्यालयबाट बिहान ७ बजे सुरु भएको साईकल यात्राले भरतपुरको बाइपासरो, केन्द्रिय वस टर्मिनल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चौबिसकोठी, लायन्सचोक, सहिद चोक, पोखरा वसपार्क हुँदै नारायणी नदीको किनारमा पुगेर समापन भएको थियो । साईकल ¥यात्राको एक कार्यक्रमका बिच चितवनका स्थानिय बिकास अधिकारी भरतमणी पाण्डेले उदघाटन गर्नुभएको हो । उद्घाटन अघि बोल्दै पाण्डेले साईकल चलाउन प्रोत्सहनका लागि सडकमा साईकलको छुट्टै लेन राख्नु आवश्यक रहेको बताउनुभयो । भरतपुरलाई साइकल सीटीको रुपमा विकास गर्न यस्ता सचेतनामूलक कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । कार्यक्रममा सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहन प्रधानले आधुनिक सवारी साधनको प्रयोग बढ्दै जाँदा वातावरण प्रदुषण पनि बढ्दै गएको भन्दै साईकलको प्रयोग बढाउँदै जानुपर्ने बताउनुभयो । साइकलको प्रयोगले वातावरणका साथै मानव स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकाले सिनर्जी एफएमले यसमा प्रोत्साहन गर्दै आएको बताउनुभयो । साईकल यात्रामा सय जना भन्दा बढिको सहभागिता रहेको थियो । १२ बर्षदेखि ७६ बर्ष उमेर समूहका व्यक्तिहरुले सहभागिता जनाएको कार्यक्रमलाई केयर नेपाल मार्फत हरियो वन कार्यक्रमले प्रायोजन गरेको हो ।
Share this Page
Popular Posts
-
स्टार खेलाडीहरु चोटग्रस्त भएपछि दबावमा परेको देश मध्ये पोर्चुगल पनि एक हो । उसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ब्राजिल विश्वकपका ल...
-
मुलुकलाई शान्ति, स्थाइत्व र विकासको मूल फुटाउनका लागि संविधान जारी गरिएको भनिए पनि संविधानले संकट थोपर्दैछ । डेढ महिनादेखि तराई जलिरहेको छ...
