टाटाले भित्रायो इन्डिका सिआरफोर र इन्डिगो इसिएस

काडमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको इन्डिका सिआर-४, ईसिएस कार नेपाली बजारमा भित्रिएको छ । टाटा मोटर्सको नपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ कार नेपाल भित्राएको हो ।
सिप्रदीले दुबै नयाँ कार नेपाली चलचित्र मुखौटाको प्रिमियर शोको अवसर पारेर कलाकार सुनिल थापाको हातबाट सार्वजनिक गरेको छ । नेपाली बाजरमा इन्डिका सिआरफोरको मूल्य १९ लाख ४५ हजार र १९ लाख ९५ हजार रुपैयाँ पर्ने छ भने इन्डिगो ईसिएसको २३ लाख ९५ हजार रपैयाँदेखि २६ लाख ४५ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।
टाटा मोटर्सका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नयाँ कारमा सिआरफोर इन्जिन प्रयोग गरेको हुँदा कार्यक्षमतामा ३२ प्रतिशत, टर्कमा ४६ प्रतिशत र इन्धन खपतमा ४६ प्रतिशत अभिवृद्धि हुने दाबी गरे ।
नयाँ कारमा ग्राहकको उत्साहजनक प्रतिक्रिया आएको बताउँदै कन्ट्री म्यानेजर पुरानिकले हालसम्म २५ वटा यूनिटभन्दा बढी बुकिङ भइसकेको बताए ।

कम इन्धन खपत गर्ने बताइएका दुबै नयाँ कारहरुले प्रतिलिटर २५ किलोमिटर माइलेज दिने कम्पनीले बताएको छ । कम्पनीकाअनुसार सिआरफोर डिजेल इन्जिन अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डियाद्वारा प्रमाणित गरिएको छ । स्मार्ट इमिएस, अधिकतम चार्ज कम्बसन तथा ड्रयाग रिडक्सनजस्ता नवीनतम प्रविधिका कारण नयाँ कारहरुले अरुको तुलनाका बढी माइलेज दिने कम्पनीको दाबी छ ।
अटो-डा्रइभ असिस्ट, क्ल्च-टु-स्टार्ट जस्ता अतुलनीय सुविधाले इन्डिका सिआरफोर तथा इन्डिगो ईसिएस कारलाई उत्कृष्ट, सुुुरक्षित र अत्याधुनिक बनाएको छ ।
दुबै कारमा आर्कषक भित्री र बाहिरी सजावट, पर्याप्त क्याबिन र आरामदायी सिटहरु रहेका छन् । त्यस्तै, पावर विन्डोज, ब्लु टुथबाट चल्ने म्युजिक सिस्टम, किलेस इन्ट्री, यूएसबी पोर्टलगायतका सुविधा पनि कारमा रहेको कम्पनीले जनाएको छ ।
कारमा प्रयोग गरिएको अत्याधुनिक स्टीलले कारलाई सुरक्षा प्रदान गर्नेछ । ४ वटा रङमा उपलब्ध दुबै गाडीका मोडलहरुमा कम्पनीले १८ महिनाको वारेन्टि प्रदान गरिने छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page