नेपाललाई मोदीको कोसेली- ८०० मेघावाटको बिजुली ! प्रचण्ड र बाबुरामसमेत मोदीको प्राथमिकतामा पर्ने -

narendra-modi
१ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ८ सय मेघावाट बिजुलीको ‘प्याकेज’ बोकेर साउनको तेस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । मोदी नेपाल आए भारतीय प्रधानमन्त्रीको सन् १९९७ पछि पहिलो भ्रमण हुनेछ ।
प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमणका क्रमा आइतबार भुटान गएका मोदी जापानपछि नेपालको भ्रमणमा आउने भएका हुन् । मोदी नेपाल-भारत सम्वन्धलाई अझ उचाइ दिनेबारे बृहत छलफल गर्न अगष्ट पहिलो साता काठमाडौं जाने तय भएको भारतीय पत्रिका ‘दि टेलिग्राफ इण्डिया’ले जनाएको छ ।
मोदीको प्राथमिकतामा प्रचण्ड र बाबुराम
नेपाल भ्रमणका क्रममा मोदीले सरकारका साथै एमाओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईसँगको भेटलाई प्राथमिकतामा राख्नेछन् । मोदीले प्रचण्ड र बाबुरामसँग नेपालको घरेलु राजनीतिका साथै भारतसँगको सहकार्यबारे छलफललाई प्राथमिकता दिने देखिएको समाचारमा जनाएको छ । यद्यपि मोदीको भ्रमण कार्यक्रमले अझै अन्तिम रुप भने पाइसकेको छैन ।
भ्रमण टोलीमा विदेशमन्त्री सुश्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव सुजाता सिंह लगायत रहने बताइएको छ ।
मोदीले आफ्नो सपथमा सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । सपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री कोइरालासँग मोदीले छुट्टै भेटवार्ता समेत गरेका थिए । झण्डै दुई दशकमा हुन लागेको मोदीको भ्रमणले द्विपक्षीय सम्वन्धलाई विकसित गर्ने साउथ ब्लकको विश्वास रहेको समाचारमा उल्लेख छ ।
८०० मेगावाटको हाइड्रो उपहार
भारतीय प्रधानमन्त्री मोदी ८०० मेघावाटको हाइड्रोपावर प्रजेक्टको उपहार लिएर समाचारमा दाबी गरिएको छ । २ वर्षमा निर्माण काम सक्ने गरी मोदीले यस्तो प्रतिवद्धता जनाउन लागेको बताइएको छ ।
यसका साथै नेपाल प्रहरीका लागि काभ्रेको पनौतीमा एकेडेमी बनाइदिने मोदीको प्रस्ताव हुनेछ । चीनले सशस्त्र प्रहरी बललाई एकेडेमी बनाइदिने पक्का भएपछि भारतले प्रहरीलाई सहयोगको प्रस्ताव गर्न लागेको हो ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page