माडीको भैरवपुर बायो ग्यांस नमुना गाउं घोषणा

चितवन, जेठ ३१ 
माडी गर्दी गाविस भैरवपुरलाइ बायो ग्यांस नमुना गाउं घोषणा गरिएको छ ।गर्दी ३ मा एक कार्यक्रमको आयोजना गरि नमुना गाउं घोषणा गरिएको हो ।गर्दी ३ मा १ सय ७१ घरधुरी मध्येमा १ सय ३८ वटा घरमा ग्यांस निर्माण भइसकेकाले भैरवपुरलाइ बायो ग्यांस नमुना गाउं घोषणा गरिएको हो । सो गाउंमा २०५३÷०५४ सालबाट गोबर ग्यांस निर्माण गर्न सुरु गरिएको हो । तर नेपाल सरकारले ०६४÷०६५ बाट मात्र ग्यांस निर्माणको लागि अनुदान दिन सुरु गरेको जनाइएको छ । गोवर ग्यास निर्माणमा सरकारले स्थानियलाई २४ हजार वारावरको अनुदान दिने व्यवस्था छ । बायोग्यास निर्माण हुनुपुर्व स्थानियहरु उर्जाका निम्ति दाउरा खोज्न सामुदायिक वनमा निर्भर रहदै आएका थिए । गोबर ग्यास निर्माण पछि राष्ट्रिय निकुञ्ज वरपरका वनहरु संरक्षणमा सहयोग पुगेको स्थानियको भनाइ छ । बघौडा मध्यवर्ती उपभोक्ता समितीका अध्यक्ष प्रभु प्रसाद महतोले गाउंमा वायो ग्यास निर्माण पछि जैविक विविधताको संरक्षणमा महत्वपुर्ण सहयोग पुगेको बताउनु भयो । निकुञ्ज विभागका महानिर्देशक मेघ बहादुर पाण्डेले माडीमा वन्यजन्तुको आक्रमणबाट पिडीत पक्षलाइ पु¥याएको क्षतिपुर्ति वापतको राहत रकम विस्तारै बढाउने बताउनु भयोे । उहांले माडीमा बन्न लागेको हुलाकी सडक निर्माणमा निुकञ्जले कुनै अवरोध नगर्ने भन्दै विधि प्रक्रिया मिलाएर विकासका कार्य अघि बढाइनुपर्ने वताउनुभयो । सो अवसरमा माडीबासीहरुले वन्यजन्तुको आक्रमण पश्चात सरकारले दिने ३ लाख रुपैया कम भएको भन्दैे ५ लाख दिनुपर्ने माग राखेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुवरले वन संरक्षणमा स्थानिय को सहयोग अति आवश्यक रहेको वताउनुभयो । माडीमा वर्षेनि वन्यजन्तु र बाढी समस्याले गर्दा स्थानिय हैरानि खेप्न वाध्य छन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page