यहि शुक्रबारबाट विश्वब्यापी रिलिज भएको हिन्दी फिल्म ‘एक भिलेन’ले राम्रो ओपनिङ गरेको छ । फिल्मको बक्सअफिस कलेक्सन सार्वजनिक हुन बाँकी रहे तापनि शुक्रबार फिल्मले बम्पर विजनेस गरेको बताइएको छ । यो फिल्मको अकल्पनीय ओपनिङ रहेको बलिउड फिल्म बिश्लेषकहरुको भनाई छ ।
फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन । यसअघि उनको फिल्म हरु ‘आवारपन’, ‘मर्डर’, ‘आशिकी २’ कै शैलीमा फिल्म एक भिलेन को कथा बगेको छ । फिल्मको कथाले दर्शकलाई जतिखेर पनि उत्सुकता पैदा गराउने बताइएको छ । श्रद्धा कपुर, सिद्धार्थ मल्होत्रा र रितेश देशमुखको मुख्य अभिनय रहेको फिल्म चोखो प्रेम र बदलाको कथामा छ । यसअघि प्रोमो र गीत अत्याधिक हिट भैसकेको फिल्मले बी टाउनमा उत्कृष्ट ब्यापार गर्ने सबैको अनुमान छ । फिल्मलाई एकता कपुरले निर्माण गरेकी हुन ।
Share this Page
Popular Posts
-
Namaste, I am Rachan Karki from www.kshatree.webs.com . It is the page of www.kshatreesamaj.blogspot.com made to send Free SMS to all mobile...
-
KATHMANDU, Dec 7: The government on Wednesday suspended Chief District Officer (CDO) of Chitwan Nanda Kishor Tripathi for failing to ensur...
-
The northern Lamjung of Nepal has been insfrastructured by the 1 st Surung Margh (canal road) of Nepal. The road was built to shorten ...
