काठमाडौँ । रकम अभावका कारण उपचारमा कठिनाई भोगी रहेका ब्लड क्यान्सर पीडित बालकलाई जापानबाट संकलन गरेर पठाइएको एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
ब्लड क्यानसर पीडित रोल्पा राङसी-३ रिमुलका ११ वर्षीय भुवन घर्ती मगरको विगत एक बर्षदेखि कान्ति बाल अस्पतालमा उपचारमा भइरहेको छ । घर्तीकी आमा मनिषा घर्ति मगरलाई सोमबार सेभेन सामुराईका एम डि डिल बहादुर मोक्तान, अध्यक्ष सुर्यलाल नगरकोटी र पत्रकार भरतबन्धु थापाले जापानबाट पठाइएको एक लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका थिए ।
रकम अभाव भएको जानकारी भएपछि जापानमा अध्ययनरत विद्यार्थीहरुको संस्था नमस्ते सिजुओका नेपालले ९१ हृजार ८ सय ७७ रुपैयाँ र सेभेन सामुराई ईन्टरनेशनल एजुकेशन सेन्टर प्रालीले ८ हजार १ सय २३ रुपैयाँ गरी एक लाख रुपैयाँ प्रदान गरेको छ ।
अस्पतालका सहायक निदेशक डा कैलाशप्रसाद साहका अनुसार घर्तीका उपचारमा दिन प्रतिदिन राम्रो भएका बताएका छन् । नमस्ते सिजुओका नेपालका अध्यक्ष रेशम कुमार डगोलले जापानमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खर्चबाट सो रकम सहयोग गरेको बताए ।