भरतपुर उपमहानगरपालिका बन्न पूर्वाधार तयार

चितवन जेठ २६,
 भरतपुर नगरपालिका निकट भविष्यमा नै उपमहानगरपालिका हुनेभएको छ । नगरपालिकाले उपमहानगरपालिका हुनका लागि सम्पूर्ण पूर्वाधार तयार भएको जनाएको छ ।विकासका पूर्वाधार, आन्तरिक आय, जनसंख्या जस्ता सूचकहरु पूरा भएको कार्यालय प्रमुख नारायण सापकोटाले बताउनुभयो । त्यस्तै नगरपालिकाले भरतपुर नगरपालिकामा गाभिन चाहने सीमा जोडिएका गाविसले आजका मितिसम्म कार्यालय समयभित्र जिल्ला विकास समिति चितवनमा सहमतिको जानकारी पठाउन सक्ने उहाँले बताउनुभयो ।हाल जिल्लामा भरतपुर, रत्ननगर, चित्रवन र खैरहनी नगरपालिका रहेका छन् । चित्रवन र खैरहनी एक महिनाअघिमात्रै नयाँ नगरपालिका घोषणा भएका हुन् । नयाँ नगरपालिकामा कार्यालय स्थापना र केही काम समेत सुरू भइसकेको छ ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page