नवलपरासीमा मिनी ट्रकको ठक्करबाट २ जनाको मृत्यु

नवलपरासी, असार १७ , 
नवलपरासीको नयाँबेलहानीमा मिनी ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।लु ११ प ८०६८ नम्बरको मोटरसाइकलमा सवार  बुटवल नगरपालिका ६ लक्ष्मीनगरका २४ वर्षीय शिशिर राना र २४ वर्षीय बिदुर कार्कीलाई  ना ५ ख २५९७ नम्बरको मिनीट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो ।ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page