सभासदलाई भत्ता कम भो रे, गाडीको समेत माग


१९ असार, काठमाडौं ।
संविधान बनाउन भनेरप गएका सभासदहरु अहिले संविधान बनाउन भन्दा भत्ता र सेवा सुविधा माग्नमा ब्यस्त हुन थालेका छन् ।
सभासदहरुले यातायत सेवा प्रभावकारी नहुदाँ आफूहरु असुरक्षित भएको भन्दै भन्सार सुविधासहित गाडी माग गरेका छन् ।
उनीहरुले बढ्दो मूल्यबृद्धिअनुरुप घर भाडा लगायत भत्ता थोरै भएकाले पुर्नविचार गर्न र एकीकृत आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभामुख सुवास नेम्वाङमार्फत उनीहरुले लिखित रुपमै आफ्ना मागपत्र सरकारलाई बुझाएका छन् ।
कांग्रेसका सभासदहरुको अगुवाइमा लिखित मागपत्रमा प्राय सबै दलका २ सय २३ सभासदलहरुको हस्ताक्षर रहेको समाचार कान्तिपुर दैनिकमा छ ।
भत्ता थोरै हुदाँ सहरभित्रका घरमा कोठा दिन नसकि चक्रपथ बाहिर बस्नुपरेको उल्लेख गर्दै उनीहरुले संविधानसभा आजजाउ गर्दा बाटामा असुरक्षित हुनुपरेको जिकिर गरेका छन् ।
त्यसका लागि सरकारले यातायतको व्यवस्था गर्नुपर्ने वा भन्सार सुविधामा गाडी किन्ने छुट दिनुपर्ने उनीहरुको मागदाबी छ ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page