एआईजीमा बढुवा गर्न फेरी विवादीतकै सुचि

एआईजीमा बढुवा गर्न फेरी विवादीतकै सुचि
१९ असार, काठमाडौं ।
डिआइजी  बढुवा सिफारिस समितिले पुरानै सिफारिस सूची निर्णयका लागि मन्त्रिपरिषद पठाउने तयारी गरेको छ । बढुवा सिफारिस पुनरावलोकन समितिले वरियताक्रम हेरफेर गर्दै दुईजनाको नाम संशोधन गरेर समितिलाई सूची पठाएपनि उक्त निर्णय प्रहरी नियमावलीविपरित रहेको भन्दै सिफारिस समितिले पुरानै सूची पठाउन लागेको हो ।
गृहसचिव सूर्य सिलवाल संयोजकत्वको बढुवा सिफारिस समितिले गत जेठ १३ गते नेपाल प्रहरीमा रिक्त ७ एआइजी पदका लागि १३ जना आकांक्षीमध्ये सात जनाको नाम सिफारिस गरेको थियो ।
सिफारिसमा राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शर्मा, विज्ञानराज शर्मा, प्रतावसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद परेका थिए । उक्त सिफारिस अन्यायपूर्ण र नियमविपरित रहेको भन्दै बढुवाका आकांक्षीहरु नारायण बास्ताकोटी, गणेश राई, यादव अधिकारी, परशुराम खत्री, प्रतापसिँह थापा, विश्वराज सिंह शाही र सुशीलवरसिंह थापाले पुनरावलोकन समितिमा उजुरी दिएका थिए ।
लोकसेवा आयोग अध्यक्ष संयोजक रहेको उक्त समितिले उजुरी छानविनपसिछ यसअघि सिफारिसमा परेका बज्राचार्य र साउदको नाम हटाउँदै बस्ताकोटी र राईको नाम समावेश गर्न समितिलाई पत्राचार गरेको थियो । आजको नागरिक दैनिकमा समाचार  छ ।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page