१४ बर्षघि अमेरिकामा फरार भएका नेपालमा पक्राउ


caught
काठमाडौ, श्रावण ४ - आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको अभियोगमा जमानतमा रिहा भएदेखि फरार भएका एक अमेरिकी नागरिक नेपालमा पक्राउ परेका छन् । ४७ वर्षीय निल स्टेमर नक्कली अमेरिकी पासपोर्टसहित सुन्धराबाट पक्राउ परेका हुन् ।  
अमेरिकाको न्यू मेक्सीकोमा उनी सन २००० मा जमानतमा रिहा भएदेखि फरार थिए । नेपालमा पक्राउ गरेपछि उनलाई अध्यागमन ऐन उल्लंघन गरेका अभियोगमा जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई १५ हजार रुपैंया धरौटीमा रिह गरेपछि तुरुन्तै अमेरिका फर्काइएको हो । उनलाई अमेरिकी बिमानस्थलबाट न्यू मेक्सिकोको बर्नालिलो काउन्टी नगरपालिका लगिएको छ ।
अध्यागमन विभाग प्रमुख शरदचन्द्र पौडेलका अनुसार ३ महिनाअघि काठमाडौंस्थित अमेरिकी दुताबासले स्टेमर नक्कली पासपोर्ट लिएर बसेको जानकारी दिएको थियो । पौडेलका अनुसार स्टेमर 'केभिन जोहन हुज' नाममा नेपालमा बस्दै आएका थिए ।
अध्यागमन बिभागका अनुसार उनले कास्की पोखराकी लक्ष्मी थापा नामकी नेपाली युवतीसंग बिहे गरेका थिए । लक्ष्मी अहिले अमेरिकी नागरिकता लिएर उतै बस्छिन् । दुईजनाका बीचमा कुरा नमिलेपछि श्रीमतीले नै दूतावासलाई नीलको फर्जी पासपोर्टका बारे सूचना दिएको हुनसक्ने अध्यागमन अधिकारीले बताए ।
उनले दुई बर्षै उमेरमा मरेका केभिनको नाममा राहदानी बनाएका थिए । 'नेपालीलाई मात्र होइन, अमेरीकी प्रशासनलाई समेत गुमराहमा राखेर राहदानी बनाएको पाइयो' पौडेलले भने 'राहदानी सक्कली हो, तर अर्कैको नामबाट जारी भएको हो । दुताबासले राहदानी खारेजीको पत्र पठाएपछि अध्यागमनले उनलाई पक्राउ गरी यहाँको कानुनी प्रक्रिया पुरा गरेर अमेरीका फिर्ता पठाएको हो ।  

उनले बिभिन्न देशका ११ भाषा जान्ने र फरक फरक मुलुकमा गएर भाषा पढाउँदै लुकेर बस्ने गरेका थिए । उनी सन् २०११ मा ३ महिने पर्यटक भिषामा आएका थिए । त्यसयता उनी पोखरामा भाषा पढाउदै आएका थिए । अमेरीकाबाट निस्किने वासिङटन पोष्टको अनलाईन संस्करणका अनुसार उनलाई यौन दुर्ब्यवहार, अपहरण र पीडितलाई धम्की दिएको लगायतका आरोप छन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page