प्रकाश रेग्मी प्रहरी नियन्त्रणमा


चितवन, भरतपुर
चितवन प्रहरीले पछिल्लो समय सुरु गरेको गुण्डा नियन्त्रण अभियान अन्तरगत धमाधम गुण्डागर्दीमा संलग्नहुनेहरुलाई पक्राउ गर्न थालेको छ । 
प्रहरीले जिल्लामा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा एमालेनिकट युवा संघमा आवद्ध प्रकाश रेग्मी (चमेरो) लाई पक्राउ गरेको छ ।विभिन्न घटनामा संलग्न भएको आरोप लगाउँदै चितवन प्रहरीले भरतपुर १२ का प्रकाश रेग्मीलाई पक्राउ गरेको छ । आइतबार बिहान विद्युत् कार्यालय अगाडिबाट रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । फिरौती लिने गरको भन्दै रेग्मीविरूद्ध एक दर्जन निवेदन परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए । -
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page