भर्खरै सञ्चालनमा आएको 'आधुनिक' सिटिसी मल चर्केर बेहाल



शनिबार आएको भुकम्पका कारण काठमाडौंको सुन्धारास्थित सिटिसी मल चर्किएको छ।
 
१ वर्षअघि मात्र निर्माण सम्पन्न भएकाे  अाधुनिक र व्यवसायिक भनिएकाे साे भवन  चर्केर बेहाल भएको हो। जसका कारण त्यस वरपरका स्थानीय र केही व्यापारिक प्रतिष्ठानहरु पनि तर्सिएका छन्। नेपाली सेनाको मुख्यालय अगाडि रहेको सो मलसँगै केन्द्रीय कारागार पनि छ।
 
सिभिल होम्स समूहले  निमार्ण गरेकाे साे व्यापारिक भवनमा पसलका कबलहरु, सिनेमाहल, रेस्टुराँ सभाहल छन्। साे भवनमा २ तले अण्डरग्राउन्ड पार्किङ छ।
 
त्यहाँ रहेका स्टलहरु नभरिदैँ मल चर्केर डरलाग्दो स्थितिमा पुगेको हो। सिटिसी महल निमार्ण गरेको समूहले त्यसकै पछाडि ठूलो र महँगो अपार्टमेन्ट बनाउदैँछ। सो समूहले राजधानीका भैसेपाटी, तीनथाना, धापाखेल, सुनाकोठी, खुमलटार, सितापाइला लगायतका स्थानमा अपार्टमेन्ट बनाइसकेको छ।

प्रकाशित मिति: सोमबार, बैशाख १४, २०७२ २०:४१:१६

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page