सगरमाथाको काखमा त्रासदीपूर्ण क्षण (फोटो तथा भिडियो)

सगरमाथाको काखमा त्रासदीपूर्ण क्षण (फोटो तथा भिडियो)

 
everest avalanche (8)
काठमाडौं, वैशाख १४ – शनिबार नेपालमा महाभूकम्प जाँदा अमेरिका नर्थ क्यारेलाइनाकी एस्ली स्टम्लर विश्वको सर्वोच्च शिखर सगरमाथातिर उकालो चढ्दै थिइन् । शुरुमा त उनले सगरमाथा क्षेत्रको प्रतिकुल मौसमको कारणले आफूलाई रिंगटा लागेको पो हो कि भन्ने ठानिन् तर उनको गाइडले भने त्यो अर्कै कुरा भएको संकेत गरे । महाभूकम्पले सगरमाथा र त्यसको आधार शिविर क्षेत्रलाई पनि हल्लाइरहेको थियो । स्टम्लर यो कथा बयान गर्न आज जिवित छिन् । तर, अन्य भने उनीजस्तै भाग्यमानी रहेनन् ।
आधार शिविरमा रहेकी डाक्टर इभ गिरावोङले कम्पनपछि आएको हिमपहिरोका कारण आफ्नो ज्यान गुमाउनुपर्यो । आजसम्म सगरमाथामा ज्यान गुमाउनेको संख्या १८ पुगिसकेको छ ।
भाग्यमानी एस्ली स्टम्लर घटना भएको स्थानदेखि ४ घण्टा टाढा रहेकी थिइन् । जब नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प गयो, हिँड्दा हिँड्दै उनले आफ्नो सन्तुलन गुमाइन् । ‘मलाई त आफूलाई रिंगटा लागेको पो हो की भनेर सोधे तर गाइडले भने यो भूकम्प गएको हो भनेर भन्यो, ’ स्टम्लरलाई उद्धृत गर्दै सिएननले लेखेको छ । उनले फेसटाइममार्फत सिएननसँग कुरा गरेकी थिइन् ।
अहिले त्यस दिन घटेको त्रासदीपूर्ण घटनाको फोटो तथा भिडियोहरु सार्वजनिक हुन थालेको छ । हेरौं केही फोटो तथा भिडियोः
everest avalanche (4)everest avalanche (3)everest avalanche (2)everest avalanche (8)everest avalanche (7)geoffs template aug 2013everest avalanche (5)27FE7BF400000578-3055595-Devastating_At_least_18_climbers_were_killed_after_the_quake_whi-a-52_143000978302927FE7B7000000578-3055595-Rescue_teams_were_still_working_to_identify_and_recover_the_dead-a-56_1430009783220280216F500000578-3055595-image-a-27_1430039140105

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page