चौधरी ग्रुपद्वारा पीडितको घरमै पुगेर राहत वितरण

१८ वैशाख, काठमाडौं । चौधरी ग्रुपले भुकम्प पीडितहरुको घरदैलोमै पुगेर राहत उपलब्ध गराउने कार्य जारी राखेको छ । शुक्रबार ग्रुपका प्रतिनिधिहरुले भुकम्पबाट सर्वाधिक क्षति पुगेका गोर्खा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौंका पिडितहरु समक्ष पुगेर राहत वितरण गरेका छन् ।
CG-Rahat-Bitaranचौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भक्तपुरको सिरुटारमा पुगेर पीडितहरुलाई राहत वितरण गरे । उनले पीडितहरुलाई वाईवाई, भुजिया लगायतका खाद्यान्न वितरण गरेका छन् । भुकम्प पीडितलाई तत्काल खाद्यान्नको आवस्यकता रहेको महसुस गरि ग्रुपले अहिले राहत स्वरुप खाद्य पदार्थहरु वितरण गरिरहेको छ ।
चौधरी ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरी भुकम्पबाट सर्वाधिक प्रभावित सिन्धुपाल्चोक जिल्ला पुगेर राहत वितरण गरे । उनी चिकित्सक, औषधी, पाल र खाद्यान्नसहित यी जिल्लामा पुगेका हुन् ।
चिकित्सकको टोलीले पीडितहरुको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधी वितरण गरेको थियो ।
त्यसैगरि काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा न १५ र १७ र ललितपुरका टिकाभैरव र ढुकुमा पनि पीडितहरुलाई राहत वितरण गरिएको छ । ग्रुपका उच्च अधिकारीहरुले ति ठाउाहरुमा पुगि राहत वितरण गरेका हुन् ।
महाभुकम्पबाट सर्वाधिक प्रभावित अर्को जिल्ला गोरखामा ग्रुपले शुक्रबार दोस्रो पटक राहत सामाग्री वितरण गरेको छ । नवलपरासीस्थित चौधरी उद्योग ग्रामबाट वाईवाईको गाडी लिएर गएको राहत वितरण टोलीले गोरखाका ७ सय २० र कट्टेल डााडाका करिव पााच सय परिवारलाई राहत सामाग्री वितरण गरेको थियो ।
चौधरी ग्रुपले पिडितहरुको घरदैलोमै पुगि राहत वितरण गर्न कर्मचारीहरुको संयन्त्र तयार गरेको छ । उक्त संयन्त्रले देशका अन्य प्रभावित ठाउाहरुमा पुगि राहत वितरणलाई निरन्तरता दिनेछ ।
यसअघि चौधरी ग्रुपले महाभुकम्प आएकै दोस्रो दिनदेखि काठमाडौंका चार स्थानमा राहत शिविर संचालनमा ल्याएको थियो । ती शिविरमा पिडितहरुलाई खान, बस्नको प्रवन्ध मिलाइएको थियो ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page