धनाढ्य श्रीप्रकाश लोहियाले सिङ्गै गाउँको पुन:निर्माण गरिदिने



इन्डोनेशियाका धनाढ्य श्रीप्रकाश लोहियाले नेपालको पुन:निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।
नेपालको भूकम्प पीडित कुनै गाउँमा तत्काल २०० घरको निर्माण गर्न उनको लोहिया फोउन्डेसन तयार रहेको बारेमा आफ्नै लण्डनस्थित निवासमा बेलायतको लागि नेपालका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री लगायतका पदाधिकारीहरुलाई बिशेष निमन्त्रणा दिई उनले सो जानकारी दिएका हुन्।
'हाम्रा कुशल बिज्ञहरुको टोलीले  नेपालका स्थानीयहरुसँग मिलेर सो कार्य ९० दिनभित्र पूरा गर्नेछ,' इन्डोरमा कर्पोरेसेनका अध्यक्ष श्रीप्रकाश लोहियाले भने, ‘मे ३० बाट काम शुरु गरौं।’
भेटघाटमा बोल्दै नेपालका कार्यवाहक राजदूत तेज बहादुर क्षेत्रीले श्रीप्रकाश लोहियाको यस कदमलाई स्वागत गर्दै नेपालका सम्बन्धित निकायसँग सल्लाह गरेर पुन:निर्माणमा लोहिया फोउन्डेसनलाई यथाशिघ्र आवद्ध गराउने जनाए।
गिउसेप्पे मज्जोलिनी जस्ता इटालियन चित्रकारका अत्यन्त दुर्लभ तेलिया चित्रहरुले सजिएको बैठकमा एन.आर.एन अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य कूल आचार्य समेतको उपस्थिति थियो।
सो भेटघाटको पहल गुल्मी श्रीङगाका पोमलाल कर्नेल (बाबुराम कँडेल)बाट भएको हो। उनी बिगत ८ वर्षदेखी लोहियाका आन्तरिक सहयोगी हुन्। गुल्मी समाजका अध्यक्ष अर्जुन गौतम श्रीप्रकाश लोहियालाई नेपालको हालको बस्तुस्थिति बारे जानकारी गराएका थिए।
आजको यस कार्यक्रमको संयोजन गरेर ब्यवसायी कमल भण्डारीले गरेका थिए।
स्वर्णिम कलाकृतिहरुले सजिएको बेलायती बैठकको एक कुनामा सौम्य र सालीन ब्यक्तित्वका रुपमा बसेका लोहिया, कमल भण्डारीले मोबाईल मार्फत देखाएका नेपालका भुकम्पका तस्विरहरु हेरेर भावुक बनेका थिए।
आज संसारका सर्वाधिक धनीहरुको सूचीमा रहेका लोहियाका पिताले नेपालको बिराटनगरमा शुरूवात गरेको अशोक टेक्स्टाइलबाट नै लोहिया परिवारमा ब्यापारको बिज रोपिएको थियो। त्यसैले पनि उनमा नेपालप्रती विशेष सद्भाव रहेको छ। 
भारतमा जन्मिएका ६२ वर्षे लोहियाका २४ राष्ट्रमा आफ्ना ब्यापार ब्यवसाय फैलिएका छन्। उनको इन्डोनेशियाका कारखानाहरुमा मात्र १ हजार नेपाली काम गर्छन्। विश्वभर २६ हजार कर्मचारी रहेको उनको इन्डोरमा कर्पोरेशन संसारको सबैभन्दा ठूलो पोलीथिनको बिक्रेता हो। हाल उनीसँग ४.४ बिलियन डलरको सम्पत्ति रहेको फोर्ब्स पत्रिकाले जनाएको छ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page