भरतपुर महानगर समितिको सभापतिमा युवा नेता बचन कार्की बलियो दाबेदार



चितवन- नेपाली काङ्ग्रेसको १४औ महाधिवेशनको दोस्रो चरण अन्तर्गत असोज ०९ गते हुने गाउँ/नगरपालिका अधिवेशनमा चितवन जिल्लामा भएका ९८ वटा वडा मध्ये २९ वटा वडा रहेको भरतपुर महानगर समितिको सभापतिमा थुप्रै आकांक्षीहरु देखीएका छन। तर यस पटकको अधिवेशनमा देशैभर युवालाई नेतृत्वमा लैजाने होडबाजी चलेको छ त्यसै अनुरुप भरतपुर महानगर समितिको सभापतिमा नेपाली काङ्ग्रेस चितवनको युवा नेता बचन कार्की ज्यु लाई आंकलन गरिरहेका छन।
बाल्यकाल देखिनै नेपाली काङ्ग्रेस सँग जोडिएको कारणले अहिले उनी चितवनमा प्रख्यात युवा नेतामा चिनिन्छन। चितवनमा नेपाली काङ्ग्रेसको नेता उमार्ने क्याम्पस भनेर चिनिने विरेन्द्र क्याम्पसको नेविसंघ सभापति भइसकेका उनी केन्द्रिय नेविसंघ सभापतिमा पनि उम्मेदवारि दिएका थिए तर विडम्बना भनौ कि के, गृह जिल्ला चितवनबाट एक जनापनि केन्द्रीय सदस्य नभएकाले गुटबन्दिको सिकार भएर उनी एक्लै भएपनि लडे। उनलाई एक होनाहार शहासि इमान्दार मिलनसार भनेर चिनिन्छ। उनको राजनितीक यात्राको क्रममा विपक्षि पार्टीका सरकारले गरेका हरेक गलत कृयाकलापको विरुद्ध सडकमा कार्यकर्ताहरु उतारेर विरोध कार्यक्रम गर्दा थुप्रैपटक जेल पनि परेका छन।

चितवनमा काङ्ग्रेस बलियो बनाउने अभियानमा लागेका तत्कालिन तरुल दलको अध्यक्ष सहिद शिव प्रसाद पौडेललाई जसरी विपक्षी पार्टिको रणनीतिमा फसाइएर मारियो त्यसरीनै उनका सहयोगीहरुलाई पनि धेरै पटक आक्रमण र जालसाजी गरेर फसाउन खोजियो तर जस्तो सुकै आँधी हुरि बतासले पनि बचन कार्कीलाई हल्लाउन सकेन त्यसैले निडर भएका कारणले अहिले उनी चितवनका युवा माँझ लोकप्रिय छन। सबैलाई मिलाएर लान सक्ने उनको क्षमतानै प्रशंसनीय रहेको छ।

चितवनको प्रमुख आन्दोलन र विरोध गर्ने स्थल चौबिसकोठीमा रहेको भरतपुर बिमानस्थलको व्यावसायिक भवन उनले ६ करोडमा लिजमा लिएका छन। उनी त्यहि बाटै कम्युनिस्ट सरकारको विरुद्ध हुने हरेक आन्दोलन चाहे त्यो रबि लामिछाने बचाऊ अभियान होस वा संसद विघटन विरुद्ध जस्ता अरु थुप्रै कार्यक्रममा जनता उतार्ने काममा सधै सकृय छन।
उनले हरेक भाषणमा भन्ने गर्छन; "महामानव बिपि र लोहा पुरुष गणेशमानले युवा अवस्था रहँदा हाकेको नेपाली काङ्ग्रेसमा अहिले युवालाई पाखा लगाँउदा धेैरे मन दुखेर आँऊछ। नेपालमा अहिले वृद्ध मतदाता भन्दा युवा मतदाताहरु धेरै थपिएकाले युवाहरुको प्रतिनिधित्व युवाले नै गर्नु पर्छ। युवाहरुलाई चार तारे झन्डामा आकर्षित गर्न नँया प्रविधि र नँया योजनाहरु प्रयोग गर्नुपर्छ। अहिलेको युगमा जनताले नेतालाई होइन नेताले हरेक जनतालाई चिन्नुपर्छ, सम्बन्ध र विचारको आदान प्रदान सधैभरी दोहोरो रुपले हुनुपर्छ। साथसाथै नेपाली काङ्ग्रेसलाई अहिले सम्म जिउँदो बनाएर युवामाझ प्रस्तुत गराएका हाम्रा अग्रज नेतागणहरुलाई पनि हामिले सधै भरी आदार सम्मान कृतज्ञता दिईरहनुपर्छ। उनिहरुको योगदानको कदर गर्दै उनिहरुलाई हाम्रो गृह जिल्लाबाट केन्द्रीय सदस्यको लागि मिलेर पहल गर्नुपर्छ। उनिहरुलाई नीति निर्माणको जिम्मा लगाएर गाउँ,वार्ड,नगर,क्षेत्र र प्रदेशको बाघडोर होनाहार युवालाई सुम्पिदा नै नेपाली काङ्ग्रेसको संस्थापक महामानव बिपि कोइरालाको सपना पूरा हुन्छ।"

भरतपुर महानगरका २९ वटा वडाका निर्वाचित सभापति र क्षेत्रिय प्रतिनिधिहरुले एक पटक गर्छु गरेरै देखाउछु जसरी भएपनि जे गरेर भएपनि चितवन जिल्ला नेपाली काङ्ग्रेसको किल्ला बनाएरै छोड्छु भन्ने महानगर समितिका सभापति उम्मेदवार श्री बचन कार्कीलाई भारी मत दिएर वा सर्वसम्मत गराएर विजयी बनाउनु हुनेछ भन्ने आम चितवने काङ्ग्रेसीहरुले विस्वास गरेका छन।
हेर्दै जाऊ र सुन्दै जाऊ यस पटक नेपाली काङ्ग्रेस चितवनले काचुली फेर्ला त? यसको उत्तर कृपया कमेन्टमा लेखेर पठाउनु होला।
Tags: , , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page