फैजल हत्याको विरोधमा गृहमन्त्रीको गृह जिल्ला बन्द

Click on the slide!विराटनगर, मङ्सिर ११- काठमाडौँमा दुई महिनाअघि हत्या गरिएका इस्लामिक संघका महासचिव फैजल अहमदको हत्यारालाई पक्राउ नगरेको विरोधमा मुस्लिम समुदायले गृहमन्त्री विजयकुमार गच्छदारको गृह जिल्ला मोरङ र सुनसरी आइतबार बन्द गरेका छन्। 
बिहानैदेखि सडकमा उत्रिएका मुस्लिम समुदायको प्रदर्शन र अबरोधका कारण पूर्वका प्रमुख शहर बिराटनगर, इटहरी, इनर्वा र दुहवी लगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ।
प्रदर्शनकारीले गृह मन्त्रीको बिरोधमा चर्का नाराबाजी गरिरहेका छन्। बन्दका कारण पूर्वका दुई जिल्ला मोरङ र सुनसरीमा यातायातका साधन चल्न सकेको छैन। मुख्य सडक छेउछाउका पसलहरु पनि बन्द छ।

८ सूत्रीय माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका मुस्लिम समुदायको बन्दलाई मध्यनजर गर्दै विराटनगर, इटहरी, इनर्वा र दुहबीका सुरक्षाकर्मीको बाक्लो तैनाथी र गस्ती बढाइएको छ।
यसअघि शनिबार मुसलमान समुदायले विराटनगर तथा रङ्गेलीमा मसाल जुलुस प्रदर्शन गरेको थियो।

इटहरीबाट नागरिकन्युजकर्मी अमर खड्काले जनाए अनुसार बन्दका कारण सुनसरीको दुहवी, सोनापुर, इनरुवा, भुटाहा, भोक्राहा लगायतका स्थानमा यातायातका साधन चलेका छैनन्। मुस्लिम समुदायको बाहुल्य रहेको स्थानमा शैक्षिक संस्था र बजार पनि बन्द छ। अन्य स्थानमा भने प्रभाव परेको छैन।

धरानबाट पहाडी क्षेत्रसँगै इटहरी हुदै पूर्व चल्ने सवारी साधन भने सञ्चालन भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। उत्तरी मोरङ्मा पनि बन्दको कुनै प्रभाव परेका छैन।
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page