वैज्ञानिकहरुले ब्रम्हाण्ड तथा सृष्टिको रचना गर्ने अद्भुत तत्व फेला परेको दाबी गरेका छन् ।
स्विजरल्याण्ड र प|mान्सको सिमा क्षेत्रमा २७ मिटर लामो सुरुङ भित्र ब्रम्हाण्डको उत्पत्तीबारे अनुसन्धान ‘महाप्रयोग’मा जुटिरहेका वैज्ञानिकहरुले हिग्स बोसोन भनिने अद्भुत तत्व देखा परेको बताएका हुन् ।
अहिलेसम्म अदृश्य र अज्ञात तत्वको रुपमा रहेको गड पार्टिकलको एक झलक आफुहरुले देखेको र यसलाई यकिन गर्न आउँदो महिना अर्को अध्ययन गर्ने वैज्ञानिकहरुको भनाइ छ ।
यदि पदार्थमा पिण्ड सिर्जना गर्ने यस तत्वको खोजीमा सफलता मिलेमा ब्रम्हाण्डको उत्पत्तीका विषयमा रहेका विभिन्न रहस्य खुल्दै जाने वैज्ञानिकहरुको ठम्याइ छ ।
‘गर्ड पार्टिकल’कै कारण हावामा तैरिरहेका विभिन्न पदार्थहरुले पिण्ड तथा आयतन प्राप्त गरेको र तारा, ग्रह तथा उपग्रहहरुको निर्माण भएको विश्वास गरिएको छ