माओवादीले गरेको राज्यकोष दुरुपयोग छानबिन गरः राणा


pashupati shumsher rana
सिन्धुपाल्चोक, मंसिर १७ - राष्ट्रिय प्रजातन्त्र पार्टीले लडाकुको तलवभत्ता भ्रष्ट्राचार गरेर माओवादीले राज्य कोषको दुरुपयोग गरेको आरोप लगाएको छ । राप्रपाले माओवादीले गरेको सस्थागत भ्रष्ट्राचार छानविन गरी यथार्थ वाहिर ल्याउन सेना समायोजन विशेष समितिलाई आग्रह गरेको छ ।
राप्रपा सिन्धुपाल्चोक क्षेत्र नं १ को अधिवेशनमा शनिबार बाह्रविसेमा बोल्दै अध्यक्ष पशुपति शमशेर राणाले २ हजार ६ सय सेना क्याम्पमा नहुनु र ४ हजार जनाको नाम ठेगाना र उमेर नमिल्नुले माओवादीले आफ्ना लडाकुको नाममा करोडौं रुपैयाँ संस्थागत भ्रष्ट्राचार गरेको आरोप लगाए । अनमिनले प्रमाणित गरेका सेनाको विवरणसमेत मिल्दैन भन्दै  अध्यक्ष राणाले शान्तिप्रक्रिया भंग हुन्छ भने पनि यो अनियमितता छानविन गर्नुपर्ने बताए ।
संविधानको म्याद ६ महिनाभन्दा बढी नथप्न सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै राणाले संंसदले काम नगरेकाले अदालतले वोल्नुपरेको तर्क उनको थियो । अध्यक्ष राणाले अदालतको निर्णय हुवहु पालना गर्नुपर्ने धारणा राणाले राखे ।
यही अवस्थामा संविधान बन्ने विश्वासको आधार नभएको भन्दै उनले राज्य पुनसंरचना आयोग गठनमा मुख्य राजनीतिक दल र मधेसी मोर्चाले भागबण्डा गरेको आरोप लगाए । उनले प्रधानमन्त्री बाबुराम भट्टराईप्रतिको जनविश्वास गुम्दै गएको आरोप लगाए ।
राणाले ३९ जना मन्त्रीले पजेरो चढेको देख्दादेख्दै प्रधानमन्त्रीले मुस्ताङ गाडी चढ्नु कुनै अर्थ नभएको बताए । इतिहासमा सवैभन्दा बढी अनियमितता गर्ने प्रधानमन्त्री भट्टराईनै भएको ठोकुवा गर्दै राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी वैकल्पिक प्रजातान्त्रिक शक्ति हुने दावी गरे ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सस्यहरु विन्दु पहाडी र मिना सुवेदी तथा सभासद चलनवहादुर तामाङले ठूला दलका कारण संविधान नवनेको आरोप लगाए ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page