भूमि पुत्रलाई आदिबासी को प्रमाण जुटाउनु पर्ने बद्ध्यता बनाउनु ६०१को अदुरदर्शिता

क्षेत्रि समाज नेपालका केन्द्रीय अध्यक्षँ दिल बहादुर क्षेत्रीले आफुहरुको अस्तित्व मेटिने गरी नेपालमा कुनै पनि गतिविधि भए त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिनुभएको छ । आज भरतपुरमा भएको ँक्षेत्री जाती आदिवासी जाती विषयक अन्तकि्रयामा वोल्दै उहाँले यस्तो वताउनु भएको हो । क्षेत्रीहरुले नेपाललाई एकिकरण गरी सिड्डो नेपालको रुप दिईएको दावी गर्दै गणतन्त्र पश्चात जातिय संघियताको नाममा देश टुक्राई क्षेत्रि समाजको अस्तित्व मेटाउन थालेको उहाँको आरोप थियो ।उहाँले कार्यक्रममा वोल्नु हुदै अव सम्पुर्ण क्षेत्रि समुदायहरु आफ्नो अधिकार र अस्तित्व जोगाउन एक जुट हुन समेत उहाँले आग्रह गर्नु भयो । त्यस्तै क्षेत्री समाजका तृतिय उपाध्यक्ष विदुर राज थापाले पनि अहिलेका राजनैतिक दलहरुले क्षेत्रि समुदायको मुद्दाहरुलाई वेवास्था गरेको आरोप लगाउनु भयो । कार्यक्रममा चितवन ब्राह्मण समाजका अध्यक्षँ कासी राम पौडेल क्षेत्री समाज चितवनका सल्लाहकार नारायण िसंह कुवँर क्षेत्रि समाजका कृष्ण बहादुर थापा राम बहादुर थापा क्षेत्रि समाज महिला संघका अध्यक्षँ इन्दिरा कार्की लगायतले वोल्नु हँुदै क्षेत्रिहरुको अस्तित्व जोगाई राख्न आफ्नो परम्परा सस्कृति धर्मलाई पनि संरक्षँण गर्न जरुरी रहेको वताएका छन् । कार्यक्रमम क्षेत्रि समाज संघ चितवनका अध्यक्षँ धन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।



सतीले श्राप गरेको भएर हो कि किन हो हामीले हाम्रा पुर्खौलिहरुको योगदान, कृतिहरुको अभिलेख र सम्मान गर्न चटक्कै विर्सदै गइरहेका छौं विकाशको क्रम संगै | वन, जंगल, खोला नाला, ढुंगा, पृथिवी,सूर्य,हिमाल, प्राकृतिकका पुजारी हामी आज आएर ठूल्ठूला मन्दिर बनाई समुहगत पुजा गर्नु पर्ने एकै चोटीमा करोडौं, करोड मानिसहरु अटाउने हलमा त्यहिँ पनि सानो भै सक्यो मानिसको चापले | नेपाल ऋषि मुनिहरुको देश भनेर नचिन्ने रास्ट्रहरु कमै होलान तर हामीलाई नै थाहा छैन या थाहा भएर पनि नजिको तिर्थ हेला भएर हो कि हाम्रा ऋषि मुनिहरूको सम्मानमा कमि आएको ? या खसान क्षेत्रको खस क्षत्री भएर ? या सत्य कुरा गरे सबैलाई बराबरी (समान) व्यवहार गरे भनेर ?
सम्पूर्ण नेपालीहरु नै बाँचौ र बचाउँ, भन्ने दिने होइन बाँड्ने भन्ने भाइचाराको हिसाब किताब गर्दागर्दै आज यो स्थितिमा छौं तर पनि बिभिन्न आरोप र प्रत्यारोप लगाई रहेका छन् बिभिन्न पार्टीका नेता र कार्य कर्ताहरुले  तथापि नेपाली जनता हामीमा यति सहनशीलता छ कि हामीलाई चाहिने कुरा मात्र लिन्छौं नचाहिने जसले दिन्छ उसैले फिर्ता लिन्छ |
नेपाल भूमिको माटो नै स्वर्गको गमला सरि छ ,त्यसैले होला युनानी इतिहासकार हेरोद्ट्सले नेपाली जनतालाई स्वर्ण भूमिका वीर भनेका | सम्झनुहोस नेपालमा यानेकी पुरा खसान क्षेत्र नै शान्तिमय, भाइचारा,धर्मको भरमा चलेको थियो कसैलाई कुनै पिरमर्का सम्म हुँन पाउँदैनथ्यो किनकी मूल्य र मान्यताको विधिको शासन थियो खुवाएर खाने चलन वा बाँडेर खाने चलन (दिएर होइन)थियो |
नेपाल आमाको जती वर्णन गरे पनि कम हुन्छ किनकी उनले ठूला ठूला तपस्वी,ओजस्वी, वीर, वीरंगना, विभूतिहरुलाई हुर्काइन् तर कसैले आमाको मायालाई सम्मान गर्न सकेंन की जस्तो मलाई लाग्यो हुन पनि हो इतिहाँस जित्नेकै र लोभिकै लेखिन्छ जसले वदलामा केहि चाहन्छन | आमाको लागि सबै सन्तान बराबरी हुन्छन तर छोरा छोरीले आमालाई कसरि हेर्छन त्यो ब्यबहारले देखाए झैं नेपाल आमाका सन्तानले त दुधको भार सम्म पनि तिर्न सकेनन कि ? काम, क्रोध, लोभ, मोह, अहंकार जव सम्म आफ्नो वसमा मानिसले ल्याउन सक्दैनन तव सम्म सहि मुल्यांकन हुँदैन | सात दिनको यात्रामा निस्केका ५ तत्वका यात्री हामी सेतोलाई सेतो र कालोलाई कालो भन्न सक्नु पर्ने होइन र ?  
के नेपालमा युवा बुद्दिजीवी विद्वान पेसाकर्मी बिद्यार्थी कसैको अस्थित्वो छैन मुट्ठी भर नेताले बर्सौबर्स सम्म देशलाई बन्धक बनाउदा हामी मुक दर्सक हुने ? किसान र मजदुर व्यस्त हुने सिजन छ, यसको फाइदा फेरी लिनेछन ६०१ ले | यो हाम्रो विरोध नसम्झनु होला सकारात्मक सोच मात्र देखाउन खोजेको शान्ति र संबिधानको लागि | यो अभियान को लागि केहि चाहिदैन गाउ टोल का भित्ताहरुमाबाटोहरुमा लेखिदिनुस थोरै लगानी मा ब्यानर बनाएर पनि राख्न सकिन्छ धेरै लेख्नु पर्दैन | संबिधान र शान्ति को काम नसकी नेता ,सभासद मन्त्रिहरुलाई गाउँ , टोल पस्न मनाही छ सावधान !  यिनीहरु त गाउँमा नै नपसी बिदेसमै  रमाउन पनि सक्छन त्यसैले बिदेसमा पनि NO ENTRY भए पछि र भत्ता पनि नपाउने भएमात्र रात दिन मेहनत गर्ने छन् कि ? अन्तिम पटक भनि थपिएको समयको पनि उल्टा दिन गन्ती गरौँ कि फेरी पनि केहि प्रयासहरु छैनन् नि ?  यसरि आउछ संबिधान ? ५९४ म्याद थप्ने अनि उद्घाटन र भ्रमणमै मस्त ! सूर्य अस्त कार्यकर्ता मस्त ! किसान मजदुर दिनभरिको थकाई बाच्छाको मिचाई भनि चुप लाग्ने ? बाँकि नेताहरु आफ्नै पार्टीमा कलहको विउ खोजि हिंड्ने ?  अब जनता जती सबै कार्यकर्ता भै सकेकी कसो ? के नेपालमा स्वतन्त्र, निस्पक्ष्य जनता पनि बाँकी छन् जसले हृदय देखी नै नेपाललाई मायाँ गरि नेपालको हितकारी कार्यमा मात्र सहभागी हुन चाहने लौ अब समय आएको छ नेता, पार्टीहरुलाई घच्घचाउने | आन्दोलनले त अरुलाई फाइदा हुन्छ जसले मौका मात्र हेरर बसेका छन् | हाम्रो नेपाल, हाम्रो पौरख, हाम्रो गौरब !   
हेर्नलाई त विदेशका केहि ठाउं भौतिक सुविधाले सुगम छन् के त्यहाका जनतालाई सोध्नु भएको छ कहिलेकाहीँ तिमीहरुको देस र संस्कृति कुन हो भनेर ? टाढाको कुरा के गरौँ आफ्नै कुरा गरौँ न हामीले युद्धमा हराएको अंग्रेजसंग कति वटा उपनिवेस थिए ? जुन वेला उ शक्तिशाली भएको वेलामा हाम्रा वीर पुर्खाहरुले लखेटेका होइनन र ? त्यसैका उपनिवेस बादीहरुले जे भन्यो त्यहिँ मान्दै जाने हामी कसरि नेपाल आमाका असल सन्तान भयौं त ? नेपाल सानो अवस्य छ तर हिराको टुक्रा हो प्रत्येक दिन चांदी र सुनको फूलको भकारीहरु सूर्यको किरण द्वारा पठाइरहेका छन् | नेपालीहरुलाई अजम्मरी बनाउन अमृत सदावहार नेपाल आमालेदुधको सहस्र नदिहरुनै बगाई रहेकी छिन | तब हामीलाई के को कमि छ र  नेपालको विकास गर्नमा ?
यदी कमि छ भने हाम्रो सहनशील र सोचाइमा छ | नेपालमा नेताहरु धरै छन् हामीलाई राज नेता को आबस्यक छ जसले पार्टीबाद, धर्मबाद,जातिबाद, अतिबाद, बाट माथि उठी मन, वचन, कर्मले तन र धन सहित नेपालका श्रोत साधनलाई प्रयोग गरि १०१ साँस्कृतिकहरुको संरक्षणमा एको  पर्यटन व्यवसायलाई अग्रगामीको बाटो लान सकेमा नेपालीलाई रोजगारीको कुनै खाँचो नहुने र नेपाल आमाको मुहार पनि फेरिने थियो |
नेपालका ऋषिमुनी जसले दशरथ राजाका ४ छोराहरुलाई दीक्षा दिएका थिए | त्यस्तो पुण्य भूमिमा नेपालकै त्यतिवेला देखिनै कर्मले जातको वर्गीकरण गर्न सफल खस क्षत्री कुलका (आर्य, नेपाली) विस्वामित्र ऋषिको कृति बशिष्ट ऋषिले समेत उत्कृष्ट उल्लेख  गरेका छन् | स्वर्गका राजा इन्द्र संग समेत प्रतिद्द्न्दी बनेका थिए युगलाई परिपर्तन गर्नको लागि | विस्वामित्रकै दर्शनले गर्दा कपिल, गौतम बुद्ध, महावीर, पाण्डब, रामायण, वेद, राजा जनक, याज्ञवल्कय प्रभाब भएका हुन | त्यसैले विस्वामित्र ऋषिलाई प्राचिन, दार्शनिक,प्रम वीर शुर, तान्त्रिक,कर्मकाण्डी,तथा धर्म शास्त्रकार भनि उल्लेख गरिन्छ | त्यसैले विस्वामित्रलाई  सम्मान गर्दा नेपाल आमाको सम्मान हुँदैन र ? खै कसले उनको आश्रमलाई पर्यटनको सुचिमा राखेको ? त्यस्ता अरु कति छन् कति तर नेपाली पर्यटन बोअर्डले के हेरी रहेको छ ?बुद्द्लाई भारतले मेरो बुद्द भनी प्रचार बाजी गरेको थाहा नपाए जस्तो गरिएहेको छ किन ? नेताहरुलाई नेपाल भन्दा भारतनै प्यारो भएको त हैन ?
गौतम ऋषि, वैखानश धर्म शुत्र, चार बाराही, चार विनायक,  शक्तिपिठहरु, एतिहासिक स्थलहरु, मठ मन्दिर, गुम्बाहरु, स्नानका घाटहरुको पर्यटन प्रवर्धन नै नगरी गरिएको पर्यटन वर्षको पूर्ण सफलता कसरि हुन्छ त ? त्यसमाथि ६०१ र पार्टी अधक्ष्यको एकलौटी निर्णय गर्ने शैलीले नेपाल पर्यटन यत्तिको हुनु नै पुर्खाहरुको नामले पो हो कि भन्ने लाग्छ मलाइ | अब हामीले आन्तरिक पर्यटनलाई टेवा दिन बलबीर सिंह थापा (योगी,इतिहाँसकार, अन्वेषक, धार्मिक साँस्कृत संरक्षक योगी नरहरिनाथ ) को अनुभबलाई अनुसरण गरि आन्तरिक र बाह्रय पर्यटकको ग्रुप छुट्टयाई (धार्मिक, युवा युवती, विधार्थी, ब्यापारिक, समाजसेवी,इत्यादी) पर्यटनलाई यथा सक्य सरलीकरण गरि प्रवर्धन गरौँ | जे होस् अब शद्बुद्धि आओस् चोरहरु त धेरै भए, बुद्दी चोर ओजस्वी नेता नेपालले पाओस ! यहि छ हामी  नेपालीहरुको कामना ! पूर्ण गराई देऊ माता मनकामना !! 
गणेशको शिद्धि, लक्ष्मीको सम्पति, भगवतीको शक्ति, चाणक्यको बुद्धि विधुरको नीति विस्वामित्रको रिति, विष्णुको कृति, शिवकोभक्ति गौतम ऋषिको उक्ति गौतम बुद्धको त्याग, सूर्यको प्रकास, पुर्णिमाको आकाश, नेपाल जस्तो देश, क्षत्रीको जस्तो भेष, स्वामी तुलसी बर पिपलको छायाँ, जन्म थलो  र जन्म दिने आमाको माया, प्राप्ति होस्  २०६८ world aids day को पवन अवसरमा सुख शान्ति,समृद्धि सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना !!!!!!!
सूर्य बहादुर कार्की (suryakarki@hotmail.com  ) www.facebook.com/kshatree.samaj
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page