एमालेद्वारा सरकारी साधन स्रोतको व्यापक दुरुपयोग भएको ठहर


uml
काठमाडौ, मंसिर १५ - एमाले युवा स्वरोजगार कोषको साधन स्रोत सरकारले ब्यापक रुपमा दुरुपयोग गरेको आरोप लगाएको छ । एमाले स्थायी समितिको बिहीबारको बैठकले सरकार कामकारवाही प्रति तिब्र असन्तुष्टी जनाउदै बिहीबार भातृसंगठन युवासंघका कार्यकर्तामाथि भएको आक्रमणको घटनाको निन्दा गरेको छ  ।
umlस्थायी समिति बैठकले विभिन्न दातृ निकाय तथा संस्था र वित्तिय संस्थाहरु समेतको आर्थिक सहभागितमा स्थापित भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम माओवादी नेता तथा कार्यकर्ताहरुलाई पालन पोषणा गर्न वितरण भैरहेको उल्लेख गरेको छ ।
सम्बद्ध नियम र निर्देशिका विपरित कागजी संस्था र सहकारीका नाममा जथाभावी रुपमा उक्त कोषको दुरुपयोग गरिएको एमालेको ठहर छ । यही बिषयमा ध्यानकर्षणका लागि ज्ञापन पत्र बुझाउन गएका संघका कार्यकर्तालाई  बिहीबार प्रहरीले हस्तक्षेप गरेको थियो । संघका अध्यक्ष महेश बस्नेत लगायतका झण्डै डेढ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर छाडिएको थियो ।
‘ज्ञापन पत्र बुझाउन जाने प्रतिनिधिमण्डलमाथि सरकारको निर्देशनमा परिस्थितिलाई उत्तेजित पार्ने काम भएको छ’ एमाले सचिव युवराज्ञ ज्ञवालीले भनेका छन्, ‘हाम्रो पार्टी यस लोकतन्त्र विरोधी दमनकारी घटनाको निन्दा तथा भ्रत्र्सना गर्दछ ।’
एमालेले घाईतेहरुको उपचारको माग गरेको छ । संविधान प्रदत्त अधिकारका आधारमा गरिएका शान्तिपूर्ण कार्यक्रममाथि बल प्रयोग गर्ने गृह प्रशासनले क्षमायचना गर्नुपर्ने एमालेको माग छ । कोषको रकमको दुरुपयोग तत्काल रोक्न, सरोकारवालाहरुसँगको सहमतिमा अघि बढ्न र सातबुँदे सहमती विपरितका कार्यहरु नगर्न एमालेले आह्वान गरेको छ ।
यसैबीच पार्टीको फागुन २१ देखि राजधानीमा हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकका व्यवस्थापनका लागि सचिव ज्ञवालीको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिमा भातृ संगठनका अध्यक्षहरु रहेको छन् । बैठकले पार्टी सुदृणीकरण तथा जनपरिचालन अभियान सम्बन्धि प्रस्ताव पनि पारित गरेको छ 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page