१५ दिनभित्रै सेनामा १० हजार मधेसी : गृहमन्त्री


नेपालगन्ज, मङ्सिर २२- १५ दिनभित्रै नेपाली सेनामा १० हजार मधेसी युवालाई समावेश गराउने तयारी भइरहेको उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले खुलासा गरेका छन्।
  'मधेसी युवालाई सेनामा सहभागी गराउने सहमति भइसकेको छ, १०/१५ दिनभित्रै प्रक्रिया अघि बढ्छ,' मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गृहमन्त्री गच्छदारले बुधबार पार्टीको युवा संगठन युवा फोरमको नेपालगन्जमा आयोजित नेतृत्व विकास प्रशिक्षणमा उनले भने।
माओवादीसँग भएको चारबुँदे सहमतिअनुसार अघि बढ्ने उनले दोहोर्‍याए। 'सहमतिअनुसार मधेसी युवाको सेनामा सहभागिता हुन्छ,' रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका गच्छदारले भने, 'चारबुँदेअनुसार नभए मधेसी मोर्चा सरकारबाट बाहिरिन्छ।' माओवादी नेतृत्वकै सरकारलाई राष्ट्रिय स्वरूप दिनुपर्ने उनले बताए।
गृहमन्त्री गच्छदार भरतपुर कारागार आक्रमण विरोधमा कांग्रेस कार्यकर्ताको बन्द छल्दै यहाँ आएका थिए। आक्रमरण घटनाप्रति इंगित गर्दै उनले भने, ‘राजनीतिक संरक्षणमा अपराध गर्नेलाई छुट दिइन्न।' घटनाबारे छानबिन समिटि बनेको, सम्बन्धित सुरक्षा अधिकारीलाई निलम्बन गरिएको जनाउँदै उनले बन्दहडताल गतिविधि नगर्न आग्रहसमेत गरे।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page